धन्वन्तरी जयन्तीको अवशरमा शहरी स्वास्थ्य प्रवन्धन केन्द्रले गरयो सचेतना मूलक कार्यक्रम

on

|

views

and

comments

नेपालगञ्ज ः अरोग्यको आधार,ध्यान,योग,आर्यूवेद उपचार भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा.नं.४ को शहरी स्वास्थ्य प्रवन्द्धन केन्द्र बांकेले आइतवार धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

वन–जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मजयन्तीको स्मरणमा देशभर विविध कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले योग समिति नेपाल र पतन्जली योग समिति बाँकेसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, युर्वेदको महत्व र रोग प्रतिरोधात्मक क्षमताको संवर्धनका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले हाल जन्मन साथ एन्टिबायोटिक सेवन गर्नुपर्ने अवस्था देखा परिरहेको उल्लेख गर्दै स्वस्थ जीवनका लागि सचेत बन्न आग्रह गर्दै उहांले भन्नुभयो, “स्वस्थ जीवनका लागि योग र प्राकृतिक अभ्यासलाई दैनिक जीवनमा अपनाउन आवश्यक रहेको छ ।” मेयर विष्ट भन्छन्, “स्वस्थ मानिसले मात्र आफू र देशका लागि योगदान दिन सक्छ, त्यसैले स्वास्थ्यप्रति संवेदनशील हुनु अहिलेको आवश्यकता रहेको प्रति प्रमुख बिष्टले जोड दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं .४ का अध्यक्ष गोपाल पुन, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.आलोक पाण्डेय, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका आयुर्वेद शाखा प्रमुख डा.शिवराज सुवेदी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सचिव वसन्त गौतम लगायतका दर्जनौं व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Share this
Tags

नछुटाउनुहोस

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...

अदालतमा विचाराधीन विवादबीच जय बागेश्वरी विद्यालयको संरचनामा डोजर, करिब एक करोड क्षति भएको दाबी

गिरिस गुप्ता नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित जय बागेश्वरी उच्च माध्यमिक विद्यालय प्रा.लि.को दक्षिणपट्टि रहेको पर्खाल तथा अन्य भौतिक संरचनामा डोजर चलाएपछि विद्यालय प्रशासन र...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here