
अवलोकनका लागि सर्वसाधारण संग अपील
नेपालगन्ज । नेपालगन्जमा जारी रामलीला मन्चनको विशेष आकर्षण रावण बध बुधबार दिउँसो गरिने भएको छ ।
बडा दशैंकै दिन रामलीला मैदानमा दिउँसो १ बजे ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिने भएको छ ।
आकर्षक रूपमा तयार गरिसकिएको भिमकाय रावण बधले दर्शकलाइ विशेष आकर्षित गर्ने अपेक्षा समितिको रहेको छ ।
श्री राम लीला संचालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले रावण बध अवलोकनका लागि सर्वसाधारणमा अपील गर्नु भएको छ ।
नेपालगञ्जको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औं शृंखला असोज २५ गते देखि सुरु भएको मन्चन हरेक दिन साँझ ८ बजे देखि जारी राम लीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथाहरू नाटकीय रूपमा प्रस्तुत भइ रहेका छन् ।
रामलीला मञ्चनको अन्तिम दिन बिहीबार साँझ ८ बजे भरत मिलाप तथा श्री रामको शुभ राज्याभिषेक कार्यक्रम सम्पन्न हुने श्री राम लीला संचालक समितिको प्रवन्धक भरत किशोर बैश्यले संचारकर्मीसंगको कुराकानीको क्रममा बताए ।
यी दुवै कार्यक्रमले रामलीलाका भक्त र स्थानीय समुदायलाई गहिरो आध्यात्मिक आनन्द प्रदान गर्ने समितिको बिश्वास रहेको छ ।

