नेपालको अनुरोधपछि पनि चीनले खोलेन तातोपानी सीमा

on

|

views

and

comments

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो र महत्त्वपूर्ण किनमेल सिजन दशाईु र तिहारु पर्वको ठिक अगाडि नै देशको अर्थतन्त्र र व्यापारीहरू माथि ठुलो सङ्कट आई परको छ।

विगत केही दिनदेखि भूस्खलन र बाढीका कारण नेपालको प्रमुख उत्तरी व्यापारिक केन्द्र रसुवागढी बन्द भएपछि ऐतिहासिक तातोपानी सीमा तुरुन्तै खोल्न काठमाडौँले चीनलाई आग्रह गरेको गरेको भएपनि नेपालको बारम्बार कूटनीतिक अनुरोधका बावजुद बेइजिङ नियमित रूपमा सीमा पुनः खोल्न अनिच्छुक देखा परेको छ ।

सीमा सुरक्षामा संलग्न नेपाली अधिकारीहरूले तिब्बती शरणार्थीहरू नेपाल प्रवेश गरेकोमा बेइजिङको चिन्ता र सीमामा चीन विरोधी गतिविधिको डरले पनि तातोपानी सीमा क्रसिंग मार्फत व्यापार पुनः सुरु गर्ने प्रयासमा बाधा पुऱ्याएको जनाए ।

गत भदौं १० गतेका दिन भोटेकोसीमा आएको बाढीका कारण चीनसँगको नेपालको मुख्य व्यापारिक मार्ग रसुवागढी सीमा बन्द भएपछि यो मुद्दा अझ गम्भीर बन्न पुगेको हो ।

काठमाडौँले बेइजिङलाई वैकल्पिक रूपमा तातोपानी पुनः खोल्न आग्रह गरेको थियो, तर चीनले यसको सट्टा रसुवागढीलाई मुख्य व्यापारिक केन्द्रको रूपमा पुनर्स्थापित गर्न सहयोग गर्ने प्रस्ताव समेत गरिएको थियो ।

वास्तवमा, तातोपानी सीमा खोल्दा नेपालमा तिब्बती शरणार्थीहरूको घुसपैठ बढ्न सक्छ र सीमावर्ती क्षेत्रमा चीन विरोधी गतिविधिहरू तीव्र हुन सक्ने डर चिनलाई रहेको छ।

चिनियाँ अधिकारीहरूले सीमावर्ती क्षेत्रमा दलाई लामाका समर्थकहरूको गतिविधिको बारेमा निरन्तर चिन्ता व्यक्त गरेका छन्।

रसुवागढी बन्द र तातोपानी खोल्न नसकेको कारण नेपाली व्यापारीको सामान अड्किएको छ भने नेपाल हिमालयन क्रस बोर्डर ट्रेड एसोसिएसनका अनुसार तातोपानी हुँदै काठमाडौँ जाने कन्टेनरको भाडा करिब ५० हजार नेपाली रुपैयाँ लाग्छ भने वैकल्पिक कोरला रुटले ५,००००० रुपैयाँसम्म खर्च हुनुका साथै सामानहरू १०÷१५ दिनमा तातोपानी पुग्छन् जबकि अन्य मार्गहरूले १५ दिन भन्दा बढीको समय लाग्ने गरेको व्यापारीहरु भन्छन ।

नेपालका उद्योग तथा वाणिज्य मन्त्री दीपक कुमार साहसँगको बैठकमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चाडपर्वको माग पुरा गर्न केही समयका लागि तातोपानी सीमा खोल्न सकिने सङ्केत गरेका थिए तर यसलाई लामो समयसम्म सञ्चालन गर्न विस्तृत सुरक्षा र प्राविधिक मूल्याङ्कन आवश्यक पर्ने उहांको भनाई थियो ।

Share this
Tags

नछुटाउनुहोस

मृत अवस्थामा लोध फेला

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ। प्रतिनिधिसभा...

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here