ठ्यांकीबाट बितरण गरिएकोे दुषितपानी पिउन बाध्य खजुरा २ रिमझिम बजारका स्थानियवासी

on

|

views

and

comments

नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन ।

घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले विरोध गरेका छन् ।

जनतालाई शुद्ध खानेपानी खुवाउने भनि सन्चालन गरेपनि अर्सानिकयुक्त खानेपानी खुवाएको भन्दै उक्त क्षेत्रका स्थानियहरुले विरोध गरेका छन ।

घर घरमा फोहोर पानी आइरहेकोले जनताको स्वास्थमा नराम्रो आसर पर्न सक्ने भएकोले सरकारवलाको ध्यानाकर्षण स्थानियवासीले गराउदै आएपनि वास्ता नगरेको एक स्थानियले समाचारदातासंगको कुराकानीको क्रममा भने ।

खानेपानी जोडे देखि नियमितता पानी घर घरमा नआएको र आएपनि पानी धमिलो फोहोर आएको खजुरा गाउँपालिका वडा नम्बर २ गुराँसपुर निवासी हस्तकला देवकोटाले भने ।

सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष ऐन बहादुर महतराले समिति गठन भएको ०७० सालमा हो ।

पानी संचालन भएको २ बर्ष भएको छ । खाना योग्य पानी छ तर केही दिनयता भने फोहोर पानी आएको अध्यक्ष महतराले स्वीकार गरे ।

अर्सानिकयुक्त पानी धाराबाटै आएको उहाँले जानकारी दिदै एक हप्तादेखि धमिलो पानी बोरिङबाटै आएको अध्यक्ष महतराले स्वीकार गरे । लगातार चलायो भने सफा आउँछ केही समय बन्द भएको कारण फोहोर पानी आएको उहांको भनाई रहेको थियो ।

अध्यक्ष महतराले खानेपानी डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्याललाई जानकारी गराएको छु हेर्न आउने आश्वासन आएको छ तर अझै पनि यस विषयमा चासो नदेखाएको सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष महतराले बताए ।

खानेपानी डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर प्रकाश जंग शाहका अनुसार समितिमा बजेट अभावका कारण अस्वस्थ खानेपानी उपभोक्तालाई वितरण भै रहेको स्वीकार गरेका छन ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको बाढीबाट बाँचेकी मानसी पारेख

नेपालगन्ज । नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी...

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here