बिजयको प्रतिक स्वरुप गराइयो रावणको बध

on

|

views

and

comments

यदुराज मिश्र

नेपालगञ्ज । बाँकेको नेपालगन्ज स्थित रामलिला मैदानमा बिहविार विजयादशमीका दिन रावण वध उत्सव कार्यत्रमको आयोजन ागरी रावध बध गरिएको छ ।

बाँकेको नेपालगञ्ज मात्र नभई डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा पनि रावण बध कार्यक्रममो आयोजना गरी रावण बध गरिएको थिायो ।

परापूर्खाकाल देखी विजयादशमीका दिन श्रीरामले असुर रावणको संघार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ ।

विजयादशमीको दिन साँझको बेला दशानन अर्थात (दश टाउको भएकों) रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा रही आएको छ ।

यसका लागि नेपालगञ्जको रामलीला मैदानमा रावणको पुतला बनाइएको सनातनी संस्कृतिका जानकार विष्णु कुमालले समाचारदातासंगको कुराकानीको क्रममा
भन्नुभयो ।

नेपालगञ्जमा वर्षौं देखिनै यो उत्सव मनाउन थालिएको जानकार कुमालको भनाई थियो । “विजयादशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर रावण आकृतिलाई तिरले ढलिने गरिन्छ भनी जानकार कुम्हालको भनाई थियणे ।

दशहारा (दसैँं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको संघार गरेको प्रतीकात्मक रहे झैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ ।

सत्ययुगमा देवीले दैत्य संघार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमी कै दिन संघार गरेको विश्वासमा बाँकेमा पनि रावण वध उत्सवको परम्परा चलेको संस्कृतिविदका जानकारहरु बताउँछन् ।

मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ दश इन्द्रीयको दासत्वलाई हराउने पर्वको नामले प्रसिद्धि पाएको हिन्दु लोक परम्पराका ज्ञातासमेत रहेका कुमालले भन्नुभयो ।

बडादसैँ नाउँ पनि ‘ दश इन्द्रीय’ बाट बनेको उहांको भनाइ रहेको थियो । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको कुमालले जानकार कुम्हालको भनाई रहेको थियो । “हामी देवी उपासनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा रहेको भन्नुभयो ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here