बिजयको प्रतिक स्वरुप गराइयो रावणको बध

on

|

views

and

comments

यदुराज मिश्र

नेपालगञ्ज । बाँकेको नेपालगन्ज स्थित रामलिला मैदानमा बिहविार विजयादशमीका दिन रावण वध उत्सव कार्यत्रमको आयोजन ागरी रावध बध गरिएको छ ।

बाँकेको नेपालगञ्ज मात्र नभई डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा पनि रावण बध कार्यक्रममो आयोजना गरी रावण बध गरिएको थिायो ।

परापूर्खाकाल देखी विजयादशमीका दिन श्रीरामले असुर रावणको संघार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ ।

विजयादशमीको दिन साँझको बेला दशानन अर्थात (दश टाउको भएकों) रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा रही आएको छ ।

यसका लागि नेपालगञ्जको रामलीला मैदानमा रावणको पुतला बनाइएको सनातनी संस्कृतिका जानकार विष्णु कुमालले समाचारदातासंगको कुराकानीको क्रममा
भन्नुभयो ।

नेपालगञ्जमा वर्षौं देखिनै यो उत्सव मनाउन थालिएको जानकार कुमालको भनाई थियो । “विजयादशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर रावण आकृतिलाई तिरले ढलिने गरिन्छ भनी जानकार कुम्हालको भनाई थियणे ।

दशहारा (दसैँं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको संघार गरेको प्रतीकात्मक रहे झैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ ।

सत्ययुगमा देवीले दैत्य संघार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमी कै दिन संघार गरेको विश्वासमा बाँकेमा पनि रावण वध उत्सवको परम्परा चलेको संस्कृतिविदका जानकारहरु बताउँछन् ।

मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ दश इन्द्रीयको दासत्वलाई हराउने पर्वको नामले प्रसिद्धि पाएको हिन्दु लोक परम्पराका ज्ञातासमेत रहेका कुमालले भन्नुभयो ।

बडादसैँ नाउँ पनि ‘ दश इन्द्रीय’ बाट बनेको उहांको भनाइ रहेको थियो । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको कुमालले जानकार कुम्हालको भनाई रहेको थियो । “हामी देवी उपासनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा रहेको भन्नुभयो ।

Share this
Tags

नछुटाउनुहोस

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...

अदालतमा विचाराधीन विवादबीच जय बागेश्वरी विद्यालयको संरचनामा डोजर, करिब एक करोड क्षति भएको दाबी

गिरिस गुप्ता नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित जय बागेश्वरी उच्च माध्यमिक विद्यालय प्रा.लि.को दक्षिणपट्टि रहेको पर्खाल तथा अन्य भौतिक संरचनामा डोजर चलाएपछि विद्यालय प्रशासन र...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here