भवन निर्माणको कार्य छिट्टै सुरुवात गर्ने छौ ः अन्सारी

on

|

views

and

comments

नेपालगञ्ज । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगञ्ज शाखाले नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघलाई भवन निर्माण गर्न प्रदान गरिएको शुन्य दशमलभ ६६ रोपनी जग्गाको औपचारिक सम्झौता भएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख प्रदीप पराजुलीले संघसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै छिटोभन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गरी संघका गतिविधिहरू सञ्चालन गरिने बताए ।

प्रमुख पराजुलीले उद्योगी र व्यवस्थापन कार्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा समन्वयपूर्ण वातावरणमा उद्योग सञ्चालन गर्न सबै पक्ष प्रतिवद्ध रहनु पर्ने धारणा राखेका थिए ।

यसैगरी संघका अध्यक्ष अब्दुल वाहिद अन्सारीले जेठ ३१ गते सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि आफू योजनाबद्ध ढंगले अघि बढि रहेको जानकारी दिएका थिए ।

जग्गा सम्झौता हाम्रो दीर्घकालिन योजना अनुसारको पहिलो पाइला हो, अब हामी छिट्टै भवन निर्माण कार्य सुरु गर्दैछौ,’ उनले भने । उद्योगी समुदायको साझा उद्देश्यमा एकता र सहभागिता अझ मजबुत बनाउने लक्ष्यसहित संघले निर्माण कार्य अगाडी बढाउने जनाए ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको बाढीबाट बाँचेकी मानसी पारेख

नेपालगन्ज । नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी...

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here