नौवस्ता बाल सुधारगृहमा अँग्रेजी भाषा सिकाईंदै

on

|

views

and

comments

नेपालगञ्ज । एडभोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृहसँगको सहकार्यमा विगत दुई महिना देखि सञ्चालन गर्दै आएको तीन महिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा प्रभावकारी एवं उपयोगी भएको भाषा सिक्दै गरेका बालकले बताए ।

उक्त सुधारगृहमा रहेका कानुनी विवादमा परेका ४० जना बालकका लागि आयोजित तीनमहिने अङ्ग्रेजी भाषा सिकाइ कक्षाको अनुगमन मूल्याङ्कनका लागि बालसुधार गृहमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आयोजक संस्था एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमसँगको कुराकानीका क्रममा भाषा सिक्दै गरेका बालकले अङ्ग्रेजी भाषामै आफ्ना भनाइ राख्दै भाषा सिकाइ एकदमै उपयोगी भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले अङ्ग्रेजी भाषा कक्षाले बालकको शैक्षिकस्तर अभिवृद्धिमा मद्दत पुग्ने बताउँदै सिकेका कुरा व्यवहारमा उतार्ने गरी तालिमको भरपुर उपभोग गर्न सुधारगृहमा रहेका बालबन्दीहरुसंग आग्रह गरेका छन ।

जीवनमा सिक्ने कुरा धेरै भएको र जीवन जिउन धेरै समय बाँकी रहेको भन्दै प्रजिअ जोशीले बालकले सधैँ लगनशीलताका साथ सिकाइलाई निरन्तरता दिनुपर्ने उहांको भनाई थियो ।

अधिवक्ता गौतमले बालकको मागबमोजिम उनीहरूको पढ्न पाउने भाषा, ज्ञान सिप सिक्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिकस्तरमा अभिवृद्धि गरी असल नागरिक बनाउन र थुनामुक्त भएपछि समाजमा पुनस्र्थापनामा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ अङ्ग्रेजी कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको बाढीबाट बाँचेकी मानसी पारेख

नेपालगन्ज । नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी...

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here