नेपालगन्जमा भव्यतका साथ मनाइयो भानु जयन्ती

on

|

views

and

comments

कार्यक्रममा श्रष्टाद्वय सम्मानित

नेपालगञ्ज ः आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा आइतवार नेपालगञ्जको भानुभक्त चोकमा विशेष कार्यक्रम गरी मनाएका छन ।

भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति नेपालगञ्ज र महेन्द्र पुस्तकालय नेपालगञ्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ स्रष्टाहरुलाई सम्मान समेत गरिएको छ ।

भानुभक्त चोक न्यूरोडमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्र्यापण सँगै निकालिएको प्रभात फेरि महेन्द्र पुस्तकालयमा पुगेर स्रष्टा सम्मान कार्यक्रममा परिणत भएको थियो ।

स्रष्टाहरुको रचना वाचन सहित भएको कार्यक्रममा वरिष्ठ उर्दु शायर अब्दुल लतिफ शौक र अवधीका वरिष्ठ स्रष्टा सच्चिदानन्द चौबेलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव र भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले स्रष्टाहरुलाई अभिनन्दन सहित सम्मान गरेका थिए ।

कार्यक्रममा प्रा.डा. हरिप्रसाद तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पारेका थिए भने प्रमुख अतिथि रेग्मी आदिकविको कृतित्वबारे चर्चा गरेका थिए ।

कवि प्रभात सुवेदी र सच्चिदानन्द चौबेले भानुभक्तका केही श्लोक प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण महेन्द्र पुस्तकालयका सचिव मणिदेव अर्यालले गरेका थिए ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको बाढीबाट बाँचेकी मानसी पारेख

नेपालगन्ज । नेपालमा बाढीका कारण व्यापक विनाश भएको छ। बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् भने अभिनेत्री मानसी पारेख नेपालको विनाशकारी बाढीबाट बाच्न सफल भएकी...

अदालत प्रवेशमा कडाई

कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई...

आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here