
राप्तीसोनारी ः राप्तीसोनारी गाउँपालिकाकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालको बिदाई गरेको छ ।
खराललाई गाउँपालिका कार्यालयले औपचारिक रुपमा विदाई गरेको हो ।
प्रशासकीय अधिकृत खरालको युवा, श्रम तथा रोजगार मन्त्रायलमा सरुवा भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत खरालले करिव ९ महिनासम्म राप्ती सोनारी गाउँपालिका कार्यालयको काम सम्हालेका थिए ।
कार्यालयमा कार्यरत रहँदासम्म विवाद रहित ढंगले काम गरेको जनप्रतिनिधि तथा कर्मचारी बताउँछन् ।
उहांको बिदाई कार्यक्रमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

