माटोको दियो बनाउन बाँकेका कुम्हार समुदायलाई चटारो

on

|

views

and

comments

यदुराज मिश्र

नेपालगञ्ज ः नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै बाँकेका कुम्हार समुदायलाई माटोको दियो र भाँडाकुँडा बनाउन चटारो भएको छ ।

दीपावलीका बेला बजारमा आधुनिक विद्युतीय सामग्रीहरूको प्रयोग बढे पनि माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व उत्तिकै रहेकाले यसको माग उच्च हुने गरेकाले माटोको दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको हो ।

बाँकेका अधिकाँश कुम्हार समुदायले अहिले दिनरात नभनी माटोको दियो र भाँडाकुँडा बनाउन व्यस्त भएको नेपालगञ्जका सामाजिक अगुवा विष्णुलाल कुमालले बताए ।

मधेसी समुदायमा दीपावलीका समयमा माटोको दियो नै बाल्ने परम्परा रहेकाले यतिबेला नेपालगञ्जका कुम्हारहरू दिनभरि नै माटो मुछ्ने र दियोलाई आकार दिन व्यस्त बनेका छन् ।

बिष्णुलाल कुमालका अनुसार कुम्हार समुदायका दर्जनभन्दा बढी परिवारहरू अचेल रातको २ बजेदेखि नै उठेर दिनभर यो काममा जुट्ने गरेका छन् । यस सिजनमा एकै परिवारले १ लाखदेखि ५ लाख वटासम्म दियो तयार पार्ने लक्ष्य राखेका छन् भने यसबाट प्रतिपरिवार कम्तिमा १ लाखदेखि ३ लाख रूपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ ।

तयार पारिएका दियोहरू लिन कतिपय ग्राहक तथा व्यापारीहरू घरमै पुग्ने गरेका छन् भने कतिपयले नेपालगञ्जको त्रिभुवन चौकमा लगेर बिक्री गर्ने गरेका छन् ।
आधुनिकताको प्रभावकाबिच पनि परम्परागत माटोको दियोको माग कायमै रहँदा स्थानीय कुम्हार समुदायमा उत्साह छाएको कुमालको भनाइ छ ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको अनुरोधपछि पनि चीनले खोलेन तातोपानी सीमा

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो र महत्त्वपूर्ण किनमेल सिजन दशाईु र तिहारु पर्वको ठिक अगाडि नै देशको अर्थतन्त्र र व्यापारीहरू माथि ठुलो सङ्कट आई...

मृत अवस्थामा लोध फेला

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ। प्रतिनिधिसभा...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here