
नेपालगन्ज । माघ १५ गते बिहीवारका दिन दिउँसो १२ बजे नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रम पत्रकारिता,सत्यतथ्यको खोज, जिम्मेवार अभिव्यक्ति तथा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा केन्द्रित थियो ।
कार्यक्रममा पत्रकार, तथा विभिन्न पत्रकारसंगठनका अध्यक्ष एवं पूर्व अध्यक्षहरू सहित दजनौंले आ–आफ्ना मतव्य राखे ।
सहभागी वक्ताहरूले पन्नालाल गुप्त चाचाको व्यक्तित्व, योगदान र पत्रकारिता प्रतिको प्रतिबद्धताको स्मरण गर्दै वर्तमान समयमा फ्याक्ट चेक (तथ्य परीक्षण) को आवश्यकता झनै बढ्दै गएको विषयमा आ–आफ्ना धारणा राखे ।
कार्यक्रमकामा उपस्थित अधिकांश वक्ताहरूले पन्नालाल गुप्त चाचालाई निर्भीक,सत्यनिष्ठ र जनपक्षीय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनी समाजमा फैलिने गलत सूचना, अफवाह र भ्रमविरुद्ध सचेत रहन सधैं अग्रपंक्तिमा रहने व्यक्ति भएकोमा जोड दिए ।
मनतव्य राख्ने क्रममा बिजय कुमार गुप्तले चाचाले पत्रकारितालाई केवल पेशा नभई समाज परिवर्तनको सशक्त माध्यमका रूपमा लिने गर्थे भनि भन्नु भन्नुभयो ।
यसैबीच अन्तरसंवाद सत्रमा बोल्दै शुक्रऋषि चौलागाईंले सामाजिक सञ्जाल र अनलाइन माध्यमको तीव्र विकाससँगै गलत सूचना र भ्रामक समाचारको जोखिम बढेको भन्दै “बर्तमान समयमा सत्य भन्दा अफवाह छिटो फैलिन्छ । यस्तो अवस्थामा फ्याक्ट चेक पत्रकारको मात्र नभई सम्पूर्ण समाजको दायित्व रहनु पर्नेमा जोड दिए ।
त्यस्तै पूर्व अध्यक्ष झलक गैरेले पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य परीक्षण अनिवार्य भएको उल्लेख गर्दै बिना पुष्टि आएका समाचारले समाजमा द्वन्द्व र अविश्वास जन्माउने खतरा औंल्याउदै पन्नालाल गुप्त चाचाले जीवनभर सत्यको पक्षमा उभिएर उदाहरण प्रस्तुत गरेको स्मरण गरे ।
यसैगरी पत्रकार महासंघका पूर्व अध्यक्ष निरज गौतमले फ्याक्ट चेकलाई संस्थागत रूपमा मजबुत बनाउन पत्रकार महासंघ, सञ्चार गृह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै उहांले गलत सूचना विरुद्ध सामूहिक अभियान चलाउनु पर्ने आवश्यकता औंल्याए ।
यसैगरी प्रियास्मृति ढकालले समाचारमा झनै संवेदनशील भएर फ्याक्ट चेक गर्नु पर्ने आवश्यकता औल्याउदै उहांले गलत सूचना सबै भन्दा बढी कमजोर वर्गलाई असर गर्नेमा उहांको जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन तथा समापन नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बांके शाखाका सचिव कृष्णा ओलीले गरेका थिए ।
उक्त कार्यक्रममा करिव ५०जना पत्रकार तथा गैर पत्रकारहरुको उपस्थिती थियो ।

