महिलालाई लक्षित गरी काम थाल्नु प्रशंसनीय कदम ः अध्यक्ष चौधरी

on

|

views

and

comments

नेपालगन्ज । बादी समुदायको वर्तमान अवस्था र सरोकारवालाको भूमिकाबारे मर्यादाकालागि महिला आवाज नामक संस्थाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम आइतवार नेपालगन्ज स्थित स्वातिक कटेजको सभाकक्षमा सम्पन्न भएको छ ।

समाजमा पछाडि पारिएका तथा बहुपक्षीय समस्याबाट ग्रस्त बादी समुदायका मुद्दालाई उजागर गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजित गरिएको संस्थाद्वारा जानकारी हुन आएको होे ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी रहेका थिए भने अतिथीका रुपमा क्रमशः संस्थाकी अध्यक्ष बसन्ती नेपाली,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उप–महानगरपालिकाको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख,गैरसरकारी संस्था प्रतिनिधि गणेश भट्टराई, समाज सुधार नेपालका अध्यक्ष प्रमेश रेग्मी दलित महिला संघकी प्रतिनिधि दिलिसा गौतम लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले एक विशेष समारोहका बीच संस्थाको उद्घाटन गर्दै बादी समुदाय विशेष गरी महिलालाई लक्षित गरी काम थाल्नु प्रशंसनीय कदम भएको भन्नु
भयो ।

अतिथी तथा सरोकारवालाले नवगठित संस्था मर्यादाकालागि महिला आवाजलाई सफलताको शुभकामना दिँदै बादी समुदायको समस्या समाधानमा संस्थाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
मनतव्य दिने क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीले बादी समुदायको हक–अधिकार र सामाजिक न्यायको विषयमा संस्थाले उठाउने कदम प्रति पत्रकार समाजको साथ र सहयोग रहने बताउँदै संस्थाको सफलता तथा प्रगतिका लागि शुभकामना दिनुभयो ।

कार्यक्रमका वक्ताहरूले बादी समुदाय अझै पनि शिक्षा,स्वास्थ्य, आवास,रोजगारी र सामाजिक पहिचान जस्ता आधारभूत अधिकारहरूबाट पर्याप्त लाभान्वित हुन नसकेको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी निकायले सहकार्य गर्दै दीर्घकालीन योजना सहित अगाडि बढ्नुपर्नेमा कार्यक्रममा उपस्थित वक्ताहरुले जोड दिएका थिए ।

विशेषगरी महिलाले भोग्दै आएका हिंसा,विभेद,बेरोजगारी तथा सामाजिक बहिष्कारका मुद्दामा संस्थाले प्रभावकारी रूपमा आवाज उठाउनु पर्ने वक्ताहरुले जोड दिइएका थिए ।

अन्तरक्रियाले बादी समुदायको वास्तविक अवस्था पहिचान गर्दै भावी कार्ययोजना बनाउन मद्दत गर्ने आयोजकले विश्वास लिईएको संस्थाकी अध्यक्ष नेपालीको भनाई थियो ।

कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि,पत्रकार तथा सरोकारवाला सहित करिब ३५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन हेमराज भट्टले निर्वाह गरेका थिए भने कार्यक्रमको समापन संस्थाकी अध्यक्ष बसन्ती नेपालीले गरकी थिईन ।

Share this
Tags

नछुटाउनुहोस

नेपालको अनुरोधपछि पनि चीनले खोलेन तातोपानी सीमा

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो र महत्त्वपूर्ण किनमेल सिजन दशाईु र तिहारु पर्वको ठिक अगाडि नै देशको अर्थतन्त्र र व्यापारीहरू माथि ठुलो सङ्कट आई...

मृत अवस्थामा लोध फेला

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ। प्रतिनिधिसभा...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here