नेपालगञ्जका सडकमा बढदै छाडा चौपायाको र्संख्या

on

|

views

and

comments

दुर्घटनाको जोखिम बढ्दै,उपमहानगरपालिका मौन

नेपालगञ्ज ः नेपालगञ्जका विभिन्न मुख्य सडक र चोकहरुमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ ।

सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको उपस्थिति बढ्दै गएको हो ।

छाडा चौपायाकै कारण सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्ने यहाँका सर्वसाधारणलाई समस्या भइ रहेको छ ।

केही समय सडकमा कम देखिएका छाडा चौपाया वर्षा सुरु हुने वित्तिकै फेरि सडक चोकमा जताततै देखिन थालेको स्थानीयहरुको भनाई छ ।

मुख्य सडक र चोकहरुमा छाडा चौपायाको उपस्थितिले बेला बेलामा दुर्घटनाहरु समेत हुने गरेकाले सडकमा बाइक र गाडी गुडाउन समेत डर लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।

उपमहानगरका मुख्य चोकहरु जस्तै त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक लगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा खच्चर, गाई र गोरु भेटिने गरेको नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताए ।

उहांले छाडा चौपाया नियन्त्रणका लागि स्थायी समाधान खोज्न स्थानीय सरकारसँग अनुरोध गर्दै कहिलेसम्म अवस्था यस्तै रहने भन्ने प्रश्न समेत पनि गरे ।

घोडा, खच्चर र गाई गोरु जस्ता चौपाया पाल्नेहरुले नै ती चौपायालाई खुला छोडिदिने गरेकै कारण उनीहरु सडक र चोकहरुमा जताततै भेटिने गरेका छन् ।

बजारका पसल र घरका अगाडि ती जनावरले दिसा गरेर फोहर गर्दा व्यवसायमा पनि प्रभाव परेको नेपालगन्जको अति व्यस्त रहने सदरलाइनका व्यवसायी चुन्ना राईले भन्दै तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह गरका छन ।

नेपालगञ्जमा छाडा चौपाया राख्नका लागि काञ्जिहाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैैन । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न स्थायी समाधान खोज्ने
प्रयासहरु भइरहेको जनाउँदै आएको छ तर पनि समस्या ज्युँका त्यु नै रहेको छ । मुख्य सडक नै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

छाडा चौपायाले सडक कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको छ । नेपालगञ्जको त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा छाडा चौपायाका कारण ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले भने ।

छाडा चौपायाका कारण नेपालगञ्जको ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पुस्कर पन्तले बताए । जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेको उनले भने, ‘छाडा चौपायाले सडक दुर्घटनाको जोखिम बढेको छ । सम्बन्धित पशुधनीले आफैँ सडकमा पशु छाड्ने गर्दा समस्या भएको बताए ।

व्यापारी गुप्ताका अनुसार पशुचौपाया घरमै बाँधेर राख्न पशुधनीहरुलाई आग्रह गर्दैै नेपालगन्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको भन्दै नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै पुरैनाको विर्तास्थित काञ्जीहाउसमा लिने गरे पनि नेपालगञ्जमा छाडा पशु चौपायाका बारेमा दीर्घकालिन समाधान भने देखिँदैन ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here