सैयो भन्दा बढीले ग्रहण गरे शीतल पेय जल

नेपालगञ्ज, । बांकेको नेपालगन्ज वा.न..२२ स्थित किंगरियान पूर्वामा “सबील–ए–मोला अली” को अवशरमा शक्रिय सहयोग संस्थाद्वारा शुक्रवार शीतल पेय वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गर्मी मौसममा सर्वसाधारणलाई राहत प्रदान गर्नुका साथै मानव सेवा र सामाजिक सद्भावको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सयौँ स्थानीय बासिन्दा तथा आगन्तुकहरूले शीतल पेय जल ग्रहण गरेका थिए।
इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको १८ जुल्हज्जको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम ईद–ए–गदीरको स्मृतिसँग जोडिएको आयोजक डा.जैनुल ओवेदीनले जानकारी दिनुभयो ।
इस्लामिक इतिहास अनुसार यही दिन पैगम्बर हजरत मोहम्मद ९स।अ।व।० ले गदीर–ए–खुममा ऐतिहासिक सम्बोधन गर्नु भएको थियो, जहाँ हजरत अली ९अ।स।० सम्बन्धी महत्वपूर्ण घोषणा गरिएको उल्लेख पाइन्छ। मुस्लिम समुदायले यस दिनलाई नेतृत्व, न्याय र आध्यात्मिक मार्गदर्शनको प्रतीकका रूपमा स्मरण गर्ने गर्दछ।
सोही ऐतिहासिक तथा धार्मिक महत्वलाई आत्मसात गर्दै आयोजित “सबील–ए–मोला अली” कार्यक्रम मार्फत सर्वसाधारणलाई निःशुल्क शीतल पेय वितरण गरिएको थियो । आयोजक समितिका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, आपसी सहयोग, सामाजिक एकता तथा सद्भावको सन्देश प्रवाह गर्नु रहेको भन्नुभयो ।
कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सक्रिय सहयोग संस्थाका सचिव डा। जैनुल आबेदिन, रहेका थिए भने अतिथीका रुपमा मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष नूर मोहम्मद अन्सारी, राहिल किंगरियान, कमर अली, नेपाली किंगरियान, वडा नं. २२ का वडा सदस्य राजिया किंगरियान तथा दीपज्वाला दैनिकका प्रकाशक एवं प्रधान सम्पादक दिनेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।
अतिथिहरूले यस्ता कार्यक्रमहरूले समाजमा सेवा, सहिष्णुता र भाइचाराको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे । उनीहरूले धार्मिक तथा सामाजिक मूल्यलाई व्यवहारमा उतार्दै मानव सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले गर्मी मौसममा आयोजित शीतल पेय वितरण कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आयोजक समितिप्रति धन्यवाद व्यक्त गरेका थिए। आयोजक समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
मानवतावादी सोच, सामाजिक सद्भाव र धार्मिक मूल्यहरूको संरक्षण गर्दै सम्पन्न भएको “सबील–ए–मोला अली” कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाई थियो ।

