नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन ।
घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले विरोध गरेका छन् ।
जनतालाई शुद्ध खानेपानी खुवाउने भनि सन्चालन गरेपनि अर्सानिकयुक्त खानेपानी खुवाएको भन्दै उक्त क्षेत्रका स्थानियहरुले विरोध गरेका छन ।
घर घरमा फोहोर पानी आइरहेकोले जनताको स्वास्थमा नराम्रो आसर पर्न सक्ने भएकोले सरकारवलाको ध्यानाकर्षण स्थानियवासीले गराउदै आएपनि वास्ता नगरेको एक स्थानियले समाचारदातासंगको कुराकानीको क्रममा भने ।
खानेपानी जोडे देखि नियमितता पानी घर घरमा नआएको र आएपनि पानी धमिलो फोहोर आएको खजुरा गाउँपालिका वडा नम्बर २ गुराँसपुर निवासी हस्तकला देवकोटाले भने ।
सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष ऐन बहादुर महतराले समिति गठन भएको ०७० सालमा हो ।
पानी संचालन भएको २ बर्ष भएको छ । खाना योग्य पानी छ तर केही दिनयता भने फोहोर पानी आएको अध्यक्ष महतराले स्वीकार गरे ।
अर्सानिकयुक्त पानी धाराबाटै आएको उहाँले जानकारी दिदै एक हप्तादेखि धमिलो पानी बोरिङबाटै आएको अध्यक्ष महतराले स्वीकार गरे । लगातार चलायो भने सफा आउँछ केही समय बन्द भएको कारण फोहोर पानी आएको उहांको भनाई रहेको थियो ।
अध्यक्ष महतराले खानेपानी डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्याललाई जानकारी गराएको छु हेर्न आउने आश्वासन आएको छ तर अझै पनि यस विषयमा चासो नदेखाएको सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष महतराले बताए ।
खानेपानी डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर प्रकाश जंग शाहका अनुसार समितिमा बजेट अभावका कारण अस्वस्थ खानेपानी उपभोक्तालाई वितरण भै रहेको स्वीकार गरेका छन ।

