विपद्जन्य अवस्था नभएका जिल्लामा सेवा नरोक्न गृहको निर्देशन

on

|

views

and

comments

आजको सार्वजनिक बिदा कटौती

काठमाण्डौ । गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाहको काम नरोक्न निर्देशन दिएको छ ।

मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन् । विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्ने गृहमन्त्रालयको निर्णय रहेको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने सचिव आचार्यले जानकारी दिनुभयो ।

स्मरण रहोस कि शुक्रबार देखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको छ ।

Share this
Tags

नछुटाउनुहोस

मृत अवस्थामा लोध फेला

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ। प्रतिनिधिसभा...

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here