बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

on

|

views

and

comments

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्लेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिनुभयो ।

उहांले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाए ।

सङ्घीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी समे्त लिएका हुन ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने भन्दै उहांले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन समेत दिनुभयो ।

Share this
Tags

नछुटाउनुहोस

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...

संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here