नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

on

|

views

and

comments

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ ।

नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित गरेको छ ।

सभा अध्यक्ष एवम् मेयर प्रशान्त विष्टले बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२÷८३ को वार्षिक राजश्व र व्ययको अनुमान
(बजेट) स्वीकृतिका लागि पेश गरेका थिए ।

त्यसअघि नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

नेपालगञ्ज १४ भवानियापुर स्थित नेपालगञ्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्वीकृतिकालागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरूसमेत अनुमोदन गरेको छन । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को मलेप प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो ।

बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी सभाका उपाध्यक्ष एवम् नगर उप–प्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि बजेट पेश गरेका थिए । राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय–व्यय विवरण पेश गरेका थिए ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here