भवन निर्माणको कार्य छिट्टै सुरुवात गर्ने छौ ः अन्सारी

on

|

views

and

comments

नेपालगञ्ज । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगञ्ज शाखाले नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघलाई भवन निर्माण गर्न प्रदान गरिएको शुन्य दशमलभ ६६ रोपनी जग्गाको औपचारिक सम्झौता भएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख प्रदीप पराजुलीले संघसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै छिटोभन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गरी संघका गतिविधिहरू सञ्चालन गरिने बताए ।

प्रमुख पराजुलीले उद्योगी र व्यवस्थापन कार्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा समन्वयपूर्ण वातावरणमा उद्योग सञ्चालन गर्न सबै पक्ष प्रतिवद्ध रहनु पर्ने धारणा राखेका थिए ।

यसैगरी संघका अध्यक्ष अब्दुल वाहिद अन्सारीले जेठ ३१ गते सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि आफू योजनाबद्ध ढंगले अघि बढि रहेको जानकारी दिएका थिए ।

जग्गा सम्झौता हाम्रो दीर्घकालिन योजना अनुसारको पहिलो पाइला हो, अब हामी छिट्टै भवन निर्माण कार्य सुरु गर्दैछौ,’ उनले भने । उद्योगी समुदायको साझा उद्देश्यमा एकता र सहभागिता अझ मजबुत बनाउने लक्ष्यसहित संघले निर्माण कार्य अगाडी बढाउने जनाए ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here