नयाँ मिडियालाई आमसञ्चारको रुपमा स्वीकार गर्नुपर्छ ः झाँ

on

|

views

and

comments

नेपालगञ्ज ः नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेले आइतवार विहान महासंघ कार्यालय नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) मा आयोजना गरेको ‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलि रहेको परिप्रेक्ष्यमा पुस्तान्तरणको मनोभावनालाई आत्मसाथ गर्दै नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

झाले नयाँ प्रविधि र विकासक्रममा अद्यावधिक हुँदै पत्रकारहरुले आफूलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर्घुलनले मात्रै पत्रकारिता फस्टाउन सक्ने भन्दैे लेखाईको प्रबृत्ति र तरिकामा बदलाब आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष झाले पत्रकारितामा सत्यता, सन्तुलन, महसुसीकरण र गल्ती सच्याउने चेत आवश्यक रहेको बताए । बरिष्ठ पत्रकार झाले आमसञ्चारमा पृष्ठपोषणको संयन्त्र नभएका कारण पत्रकारितामा समस्या आएको जिकिर गरे । उनले पृष्ठ पोषणको संयन्त्रले मात्रै पत्रकारितालाई थप जिम्मेवार र जवाफदेही बनाउने धारणा ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरज
गौतम, झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरु कृष्ण अधिकारी, शरण कर्माचार्य, कमल खत्री, पवन जयसवाल,चेतकान्त भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here