नौवस्ता बाल सुधारगृहमा अँग्रेजी भाषा सिकाईंदै

on

|

views

and

comments

नेपालगञ्ज । एडभोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृहसँगको सहकार्यमा विगत दुई महिना देखि सञ्चालन गर्दै आएको तीन महिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा प्रभावकारी एवं उपयोगी भएको भाषा सिक्दै गरेका बालकले बताए ।

उक्त सुधारगृहमा रहेका कानुनी विवादमा परेका ४० जना बालकका लागि आयोजित तीनमहिने अङ्ग्रेजी भाषा सिकाइ कक्षाको अनुगमन मूल्याङ्कनका लागि बालसुधार गृहमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आयोजक संस्था एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमसँगको कुराकानीका क्रममा भाषा सिक्दै गरेका बालकले अङ्ग्रेजी भाषामै आफ्ना भनाइ राख्दै भाषा सिकाइ एकदमै उपयोगी भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले अङ्ग्रेजी भाषा कक्षाले बालकको शैक्षिकस्तर अभिवृद्धिमा मद्दत पुग्ने बताउँदै सिकेका कुरा व्यवहारमा उतार्ने गरी तालिमको भरपुर उपभोग गर्न सुधारगृहमा रहेका बालबन्दीहरुसंग आग्रह गरेका छन ।

जीवनमा सिक्ने कुरा धेरै भएको र जीवन जिउन धेरै समय बाँकी रहेको भन्दै प्रजिअ जोशीले बालकले सधैँ लगनशीलताका साथ सिकाइलाई निरन्तरता दिनुपर्ने उहांको भनाई थियो ।

अधिवक्ता गौतमले बालकको मागबमोजिम उनीहरूको पढ्न पाउने भाषा, ज्ञान सिप सिक्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिकस्तरमा अभिवृद्धि गरी असल नागरिक बनाउन र थुनामुक्त भएपछि समाजमा पुनस्र्थापनामा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ अङ्ग्रेजी कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

Share this
Tags

नछुटाउनुहोस

बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी...

पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको...
spot_img

ताजा खबरहरु

अन्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here