
नेपालगन्ज । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई शुक्रवार सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु बिच भएको दोहोरो सम्बादमा विद्युत ,शिक्षा ,स्वास्थ्य ,कृषि ,सडक बाटो ,नाली ,खानेपानी फोहरमैला व्यवस्थापन र विपद सम्बन्धी समस्या समाधान गर्ने विषयमा आउने दिनमा सहज रुपमा ति योजनाहरु अगाडी बढाईने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सरोकारवालाको रुपमा उपस्थित गाउँपालिका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव ,प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक ,वडाध्यक्षहरु लगायत सम्बन्धित समितीका सम्योजहरुसँग स्थानीयहरुले बिभिन्न बिषयहरुमा प्रश्न गरेका थिए ।
बास नेपालले सहजिकरण गरेको कार्यक्रममा सन्चालन रबिन्द्र वोहराले गरेका थिए ।

