Deep Jwala https://deepjwala.com.np Local News Sat, 06 Jun 2026 15:00:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 जानौं मंगलसूत्रमा कालो मोतीको महत्त्व ? https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/ https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/#respond Sat, 06 Jun 2026 15:00:07 +0000 https://deepjwala.com.np/?p=340 ज्योति साह

मङ्गलसूत्रलाई वैवाहिक जीवन र प्रेमको सबैभन्दा ठुलो प्रतीक मानिन्छ ।सामान्यतया,महिलाहरूले सुनमा कालो मोती भएको मङ्गलसूत्र लगाउँछन् ।

यससँगै मनमा प्रश्न उठ्छ कि मङ्गलसूत्रमा कालो मोतीको महत्त्व के हो र किन यसलाई प्रायः सुनमा लगाइन्छ ।

हिन्दू धर्ममा मंगलसुत्रको विशेष महत्त्व छ । विवाहमा सात चक्कर लिँदा दुलहाले दुलहीको घाँटीमा मङ्गलसूत्र लगाउँछन् र त्यहाँबाट नयाँ जीवन सुरु हुन्छ ।

मङ्गलसूत्रलाई प्रेमको प्रतीक पनि मानिन्छ र तपाईँले देख्नु भएको हुनुपर्छ कि सामान्यतया कालो मोती भएको मङ्गलसूत्र लगाइन्छ र यसको मोती धेरै मानिसहरूले सुनमा लगाउँछन् ।

यस्तो अवस्थामा मनमा प्रश्न उठ्छ कि कुनै पनि शुभ कार्यमा कालो रङ प्रयोग गर्नु राम्रो मानिँदैन भने मङ्गलसूत्रमा कालो मोती किन हुन्छ ?

मङ्गलसूत्रको महत्व ः धार्मिक मान्यता अनुसार मङ्गलसूत्र प्रेमको प्रतीक हो । उही समयमा,यसमा कालो मोतीहरूले खराब दृष्टिको प्रभावलाई कम गर्दछ । यसैकारण कालो मोती भएको मङ्गलसूत्र लगाइन्छ ।
यी मोतीहरूसँग सम्बन्धित धेरै कुराहरू छन् जसले वैवाहिक जीवनमा मात्र सौभाग्य ल्याउँछ । मङ्गलसूत्रले पति–पत्नीबिचको प्रेम कायम राख्छ र समस्या पनि हटाउँछ भन्ने विश्वास गरिन्छ ।

मङ्गलसूत्रमा कालो मोती किन लगाइन्छ ? ज्योतिष विशेषज्ञ डा मधु प्रिया मङ्गल सूत्रमा कालो मोतीहरू सुरक्षाको कारक भएको बताउँछन् । तिनीहरूले पति र पत्नीको सम्बन्धलाई सबै प्रकारका दुष्ट र कालो आँखाबाट बचाउँछन् ।

त्यसैले मङ्गलसूत्रमा कालो मोती राख्नु शुभ मानिन्छ । यो पनि भनिन्छ कि यी मोतीहरूले पतिको रक्षा गर्छन् र महिलाहरूका लागि एक प्रकारको सुरक्षा कवचको रूपमा काम गर्छन् ।
मङ्गलसूत्रलाई प्रेमको प्रतीक मानिन्छ । पति र पत्नीबिच सधैँ प्रेम र आपसी समझदारी होस् भनेर यो आयोजित गरिन्छ यसलाई अन्य गहनासँग तुलना गर्न सकिँदैन ।
सामान्यतया,महिलाहरूले सुनको चेनमा कालो मोती लगाउँछन् र यसलाई मङ्गलसूत्रको रूपमा लगाउँछन् । यो पनि धेरै महत्त्वपूर्ण छ ।
ज्योतिष विज्ञहरूका अनुसार सुन देवी लक्ष्मी र भगवान बृहस्पतिको प्रतीक हो जब महिलाहरूले सुनमा कालो मोती हालेर मङ्गलसूत्र लगाउँछन्, यसले सिधै हृदय चक्रलाई छुन्छ । यसबाट पति–पत्नीको सम्बन्धमा मिठास आउने छ ।

शनि र गुरुको सकारात्मक प्रभाव ः सुनको चेनमा कालो मोती बाँधेर मङ्गलसूत्र लगाएर गुरु र शनिको शुभ प्रभाव वैवाहिक जीवनमा पर्छ । किनभने, सुनलाई बृहस्पति ग्रहसँग सम्बन्धित मानिन्छ र कालो मोतीलाई शनिको प्रतीक मानिन्छ । यसैले यो मङ्गलसूत्र लगाउनु धेरै शुभ मानिन्छ । यसो गर्नाले वैवाहिक जीवनका बाधाहरू दूर हुन्छन् र पति–पत्नीको सम्बन्धमा सधैँ शान्ति र प्रेम रहन्छ ।
यद्यपि, यदि तपाईँ सुन लगाउन सक्नु हुन्न भने,यसलाई धागोको माला वा रातो वा पहेँलो जस्ता शुभ रङका मोतीहरूमा पनि लगाउन सकिन्छ । यसबाट वैवाहिक जीवन सुखमय हुनेछ ।

]]>
https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/feed/ 0
अदालत प्रवेशमा कडाई https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/ https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/#respond Sat, 06 Jun 2026 06:42:28 +0000 https://deepjwala.com.np/?p=337 कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय

नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ ।

अदालत प्रशासनले एक सूचना जारी गर्दै यही आउदो सोमवार जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाका लागि विभिन्न ९ बुँदे निर्देशन अनिवार्य रूपमा पालना गर्नु पर्ने उक्त सूचनामा उल्लेख रहेको छ ।

अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अव्यवस्थालाई ध्यानमा राखेर सो निर्णय भएको बाँके जिल्ला अदालतको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

नयाँ व्यवस्था अनुसार अब कानुन व्यवसायीले कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ ले निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश गर्न पाउने जारी सूचनामा उल्लेख रहेको छ भने लेखापढी व्यवसायीको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोसाक र परिचय–पत्र अनिवार्य गरिएको जारी सूचनामा उल्लेख रहेको छ ।

सेवाग्राहीको हकमा फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम बनाइएको छ भने साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदन पत्रका साथमा र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित आफ्नो परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउने व्यवस्था गरिएको गरिएको जानकारी आफूले पाएको अधिवक्ता वसन्त गौतमको भनाई थियो ।

अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकको सहायताका लागि भने एक जनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिनुका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्नभित्र पान, गुटखा लगायतका वस्तु सेवन नगर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरिएको उहांका भनाई रहेको थियो ।

तोकिएका वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र प्रवेश अनुमति दिने ब्यहोरा जारी सूचनामा उल्लेख रहेको छ ।

]]>
https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/feed/ 0
सबील–ए–मोला अलीको अवशरमा शीतल पेय वितरण https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/#respond Fri, 05 Jun 2026 09:26:37 +0000 https://deepjwala.com.np/?p=333 सैयो भन्दा बढीले ग्रहण गरे शीतल पेय जल

नेपालगञ्ज, । बांकेको नेपालगन्ज वा.न..२२ स्थित किंगरियान पूर्वामा “सबील–ए–मोला अली” को अवशरमा शक्रिय सहयोग संस्थाद्वारा शुक्रवार शीतल पेय वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गर्मी मौसममा सर्वसाधारणलाई राहत प्रदान गर्नुका साथै मानव सेवा र सामाजिक सद्भावको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सयौँ स्थानीय बासिन्दा तथा आगन्तुकहरूले शीतल पेय जल ग्रहण गरेका थिए।

इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको १८ जुल्हज्जको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम ईद–ए–गदीरको स्मृतिसँग जोडिएको आयोजक डा.जैनुल ओवेदीनले जानकारी दिनुभयो ।

इस्लामिक इतिहास अनुसार यही दिन पैगम्बर हजरत मोहम्मद ९स।अ।व।० ले गदीर–ए–खुममा ऐतिहासिक सम्बोधन गर्नु भएको थियो, जहाँ हजरत अली ९अ।स।० सम्बन्धी महत्वपूर्ण घोषणा गरिएको उल्लेख पाइन्छ। मुस्लिम समुदायले यस दिनलाई नेतृत्व, न्याय र आध्यात्मिक मार्गदर्शनको प्रतीकका रूपमा स्मरण गर्ने गर्दछ।

सोही ऐतिहासिक तथा धार्मिक महत्वलाई आत्मसात गर्दै आयोजित “सबील–ए–मोला अली” कार्यक्रम मार्फत सर्वसाधारणलाई निःशुल्क शीतल पेय वितरण गरिएको थियो । आयोजक समितिका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, आपसी सहयोग, सामाजिक एकता तथा सद्भावको सन्देश प्रवाह गर्नु रहेको भन्नुभयो ।

कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सक्रिय सहयोग संस्थाका सचिव डा। जैनुल आबेदिन, रहेका थिए भने अतिथीका रुपमा मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष नूर मोहम्मद अन्सारी, राहिल किंगरियान, कमर अली, नेपाली किंगरियान, वडा नं. २२ का वडा सदस्य राजिया किंगरियान तथा दीपज्वाला दैनिकका प्रकाशक एवं प्रधान सम्पादक दिनेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।

अतिथिहरूले यस्ता कार्यक्रमहरूले समाजमा सेवा, सहिष्णुता र भाइचाराको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे । उनीहरूले धार्मिक तथा सामाजिक मूल्यलाई व्यवहारमा उतार्दै मानव सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले गर्मी मौसममा आयोजित शीतल पेय वितरण कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आयोजक समितिप्रति धन्यवाद व्यक्त गरेका थिए। आयोजक समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

मानवतावादी सोच, सामाजिक सद्भाव र धार्मिक मूल्यहरूको संरक्षण गर्दै सम्पन्न भएको “सबील–ए–मोला अली” कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाई थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/feed/ 0
आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/ https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/#respond Fri, 29 May 2026 15:30:59 +0000 https://deepjwala.com.np/?p=328 एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल

नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता नेपालगन्ज स्थित सुनाखरी कटेज एण्ड रेष्टेरेन्टमा आज सम्पन्न सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको प्रथम मेयर सांस्कृतिक कपको उपाधी एञ्जल्स माबि धम्बोझी नेपालगन्जले प्राप्त गरेको छ भने पशुपति मावि रा“झाले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ त्यसैगरी मोडेल एकेडेमी नेपालगन्ज र न्यु ग्यालेक्सी स्कूलले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गर्नमा सफल भएका छन ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्कूलले क्रमश ५१ हजार ३१ हजार र १० हजार ५ सय, १० हजार ५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बांके कला केन्द्रको अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन बांके, नाट्टा बा“के च्याप्टर, होटल व्यवसायी महासंघ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय गीतकार तथा संगीतकार महेन्द्र हमालको योगदानको स्मरण गर्दै उनकी धर्मपत्नी शान्ति हमाललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमले सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रबीच आपसी सहकार्य र सम्मानको वातावरण श्रजना गर्ने कार्यक्रममा उपस्थितहरुको बिश्वास रहेको थियो ।

प्रतियोगितामा बांके जिल्लाका १२ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो भने प्रतियोगितामा नेपाली लोकसंस्कृति, लोकनृत्य तथा मौलिक कलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव गोर्ख बहादुर थापा रहेका थिए ।

कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिनुका साथै बांके कला केन्द्रले कला, संस्कृति तथा लोकपरम्पराको जगेर्नामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने केन्द्रका अध्यक्ष गुरुङ्गको भनाई थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/feed/ 0
लुम्बिनीका ३४ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न https://deepjwala.com.np/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a5%a9%e0%a5%aa-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/ https://deepjwala.com.np/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a5%a9%e0%a5%aa-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/#respond Fri, 29 May 2026 15:03:02 +0000 https://deepjwala.com.np/?p=325 नेपालगञ्ज ः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।

रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब एक दर्जन पालिकामा अधिवेशन जारी रहेको छ ।

उहांले अधिवेशनको मिति तोकिएका स्थानीय तहमा नयाँ नेतृत्व चयन हुने बताए। कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको तथा केही स्थानमा मतदान प्रक्रियासमेत हुन सक्ने उहांको भनाई थियो ।

घिमिरेका अनुसार लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये तीन वटामा नेतृत्व चयन भइ सकेको छ भने हालसम्म सम्पन्न अधिवेशन मध्ये रुपन्देहीका ९, नवलपरासी पश्चिमको १, कपिलवस्तुका ५, दाङका २, बाँकेका ६, बर्दियाका ४, रोल्पाको १, गुल्मीका ४ र पाल्पाका २ वटा पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।

यस्तै बुटवल उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ नेतृत्व चयन भइ सकेको छ भने घोराही उपमहानगरपालिकाको अधिवेशन हुन बाँकी रहेको घिमिरको भनाई थियो ।

हालसम्म सम्पन्न अधिवेशनमध्ये करिब एक दर्जन पालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको र अन्य स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको जनाउदै रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष सलिक राम घिमिरेले सबै पालिकामा अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन र त्यसपछि प्रदेश अधिवेशन गर्ने तयारी भइ रहेको जानकारी दिनुभयो ।

]]>
https://deepjwala.com.np/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a5%a9%e0%a5%aa-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/feed/ 0
अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%bf%e0%a4%a4/ https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%bf%e0%a4%a4/#respond Fri, 29 May 2026 14:23:50 +0000 https://deepjwala.com.np/?p=322 नेपालगञ्ज ः नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ ।

नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका सचिव शक्तिसिंह हमाल र बाँके जिल्ला अदालत बार एसोसिएसनका सचिव कुसुमा सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरिएको हो ।

न्यायपालिकामाथि बाह्य दबाब सिर्जना गर्ने गतिविधिप्रति ध्यानाकर्षण गराउँदै विधिसम्मत प्रक्रिया अवलम्बन गर्न माग गर्दै अस्पताल चोकदेखि विद्युत् कार्यालयसम्म तथा चारबाहिनी चोकदेखि पश्चिम गणेशमान चोकसम्मको क्षेत्रमा अस्पताल, अदालत तथा संवेदनशील सार्वजनिक निकायहरु अवस्थित रहेको हुँदा उक्त क्षेत्रलाई निषेधित तथा ध्वनि निषेधित क्षेत्र घोषणा गरी तत्काल प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकाहरुसमक्ष माग गरेका छन ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण तथा सन्तुलनको सिद्धान्त, मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता एवम् स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको संरक्षण तथा प्रवर्धनका लागि एसोसिएसन सदैव जिम्मेवार र सचेत पहरेदारी गर्दैआएको तथ्य सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।

विगत केही समयदेखि विभिन्न मुद्दाका सन्दर्भमा जाहेरवाला वा आफूलाई पीडित पक्ष बताउने समूहहरुद्वारा अदालत परिसर तथा अदालत अगाडि प्रदर्शन, नाराबाजी तथा दबाबमूलक गतिविधिहरु सञ्चालन गरिँदै आएको देखिएको भन्दै यस्ता गतिविधिहरुले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता तथा न्यायिक प्रक्रियामाथि प्रतिकूल प्रभाव पार्नुका साथै अदालतको स्वच्छ र निर्भिक कार्यसम्पादनमा अवाञ्छित हस्तक्षेप हुने सिर्जना गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

न्याय सम्पादनको कार्य संविधान, प्रचलित कानुन, प्रमाण तथा विधिसम्मत प्रक्रियाका आधारमा हुने भएकाले अदालतको काम कारबाहीलाई प्रभावित पार्ने उद्देश्यले गरिने कुनै पनि बाह्य दबाबमूलक गतिविधि लोकतान्त्रिक विधि शासनको मर्मविपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।

अदालतको शान्ति सुरक्षा, न्यायिक वातावरणको संरक्षण तथा मुद्दामा बहस पैरवी गर्ने कानुन व्यवसायी, सेवाग्राही र न्याय सम्पादनसँग सम्बन्धित सबै पक्षको सुरक्षालाई दृष्टिगत गरी अदालत आसपासको क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न पनि सम्बन्धित निकायसँग बिज्ञप्ती मार्फत माग समेत गरिएको छ ।

]]>
https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%bf%e0%a4%a4/feed/ 0
’फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक’ https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/ https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/#respond Fri, 29 May 2026 04:02:41 +0000 https://deepjwala.com.np/?p=318

नेपालगञ्जनेपालगञ्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीत मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएका छन ।

बास नेपालले नेपालगञ्जमा आयोजना गरेको फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता विषयक कार्यक्रममा सहभागीहरुको धारणा रहेको थियो ।

हरित नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले ’अब स्रोत र साधनको अभाव छ’ भन्ने समय नरहेको र नेपालगञ्ज उपमहानगरपालिकाको इच्छा शक्तिको आवश्यकता देखिएको उहांको भनाई थियो ।

नेपालगञ्जमा थन्कीएर रहेको पूराना नगरबसहरुको परिमार्जन मार्फत फोहोर संकलन गाडीको रुपमा प्रयोग गर्न सकिने तथा उपमहानगरपालिको उपलब्ध स्रोत र साधानको पूर्ण सदुपयोग मार्फतसफा शहरको रुपमा रुपान्तरण गर्न सकिने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का टोल विकास संस्थाका संयोजक ओबिराज आचार्यले अब विगतको जस्तो अवस्था नरहेको बौद्धिक रुपमा समाज रुपान्तरण भई सकेकोले कडा रुपमा निगरानी, नियन्त्रण र नियमनमा ध्यान दिनुपर्ने तथा फोहोर व्यवस्थापनको लागि फोहोर नै कम गर्ने प्रणालीको विकास गर्नुपर्ने भन्नु भयो ।

फोहोर व्यवस्थापनमा समुदायको संलग्नता गराउने उदेश्यका साथ आयोजित कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले फोहोर व्यवस्थापन केवल उपमहानगरपालिकाको जिम्मेवारी मात्र नभएर स्थानीयहरुको पनि त्यती नै भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी रहेका शिक्षक तथा विद्यार्थीहरुले हरित नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत संचालित विद्यालयमा शून्य फोहोर कार्यक्रमले विद्यालयका साथै घरमा समेत फोहोरको उच्चतम् व्यवस्थापन गर्न सकिने शिक्षा प्राप्त भएको र स्रोतमा नै फोहोर वर्गिकरण गर्न थालिएको उदाहरणहरु प्रस्तुत गरेका थिए ।

६० जना सहभागी रहेको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट सहभागीहरुबाट उठाएका सवालहरुको जवाफमा बोल्दै वातावरण शाखा प्रमुख प्रकाश डिसीले स्थानीयहरुमा आएको
परिवर्तनको जागरुपताले उपमहानगरपालिकालाई हौसला प्राप्त भएको र आगामी कार्ययोजनामा दिगो फोहोर व्यवस्थापनको रणनीति तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सामाजिक, गैसस तथा साझेदार विकास शाखा प्रमुख कृष्ण प्रसाद जोसीले फोहोर व्यवस्थापनमा टोल विकास संस्थालाई नै जिम्मेवार बनाउने पर्ने र सो कार्यको लागि पूर्ण अधिकार समेत प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको वर्तमान अवस्था र भावि समाधानको उपाए बारेको प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रमको सहजिकरण बास नेपालका परियोजना संयोजक मन भण्डारीले गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/feed/ 0
हडियाबाबा मन्दिर नजिक फोहर थुपारिदा स्थानीयवासीहरुले जनाए आपत्ति https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/ https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/#respond Thu, 28 May 2026 04:29:58 +0000 https://deepjwala.com.np/?p=315 दयाराम यादव (अहिर)

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–६ रामनगर स्थित हडिया बाबा मन्दिर नजिक सार्वजनिक आवत–जावत गर्ने सडक छेउमा फोहोर थुपारिएको विषयलाई लिएर स्थानीयवासीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

मन्दिरको कम्पाउन्ड साइडमा दैनिक रूपमा फोहोर फालिने क्रम बढेपछि स्थानीय बासिन्दा, धार्मिक आस्थावान नागरिक तथा सर्वसाधारण चिन्तित बनेका छन ।

स्थानीयका अनुसार सार्वजनिक बाटोमै जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएको छ भने त्यसले वातावरणीय तथा स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने भनि चिन्ता व्यक्त गर्दै बिहान–साँझ मन्दिरमा पूजा गर्न आउने भक्तजन, विद्यालय जाने बालबालिका तथा दैनिक हिँडडुल गर्ने सर्वसाधारणहरुसमेत यसबाट प्रत्यक्ष रुपमा प्रभावित हुने गरेका गुनासो पोख्दै भने ।

स्थानीयवासीले कसले र किन यस्तो फोहोर ल्याएर सार्वजनिक स्थलमा थुपारि रहेको हो भन्ने विषयमा सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउदै लामो समयदेखि समस्या दोहोरि रहे पनि समाधानका लागि कुनै प्रभावकारी कदम नचालिएको भन्दै स्थानियहरुले सम्वन्धित निकाय प्रति आक्रोससमेत पोखेका छन ।

“सार्वजनिक बाटोमै फोहोर थुप्रिँदा हिँडडुल गर्नसमेत समस्या भएको छ । दुर्गन्धका कारण साँझ–बिहान मन्दिरमा पूजा गर्न जानसमेत कठिनाई भइ रहेको छ,” एक स्थानीयले गुनासो समाचारदातासंग गुनासो पोख्दै भने स्थानीयहरूले फोहोर व्यवस्थापनमा सम्बन्धित निकायको लापरवाही देखिएको भन्दै वडाका जनप्रतिनिधिहरू जनस्वास्थ्य र सरसफाइ जस्तो संवेदनशील विषयमा मौन बसेकाले असन्तुष्टि व्यक्त गरेका छन् ।

चुनावका बेला जनताको घरदैलोमा पुगेर विभिन्न प्रतिबद्धता जनाउने जनप्रतिनिधिहरू अहिले टोलको आधारभूत समस्या प्रति बेवास्ता गरि रहेको आरोप लगाउदै भने जनप्रतिनिधिहरूसँग भोट माग्ने बेलासम्म मात्र सम्बन्ध सीमित भएको हो कि भन्ने प्रश्नसमेत गर्दैै सरसफाइ, सार्वजनिक स्वास्थ्य र धार्मिक स्थलको संरक्षण जस्ता विषयमा वडा कार्यालयले तत्काल पहल गर्न आवश्यक रहेको भनि जोडदार माग समेत गरेका छन ।

यस्तै अर्का स्थानीयले फोहोरको उचित व्यवस्थापन नहुँदा बढदो तापक्रमको अवस्थालाई हेर्दा रोग संक्रमण फैलिन सक्ने खतरा पनि बढेको स्थानीयको भनाइ रहेको रहेको छ ।

खुला रूपमा फोहोर थुपारिँदा झिँगा,किराफट्याङ्ग्रा र दुर्गन्ध फैलिने भएकाले त्यसले बालबालिका,वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्थानीयले तत्काल फोहोर हटाएर नियमित सरसफाइको व्यवस्था गर्न तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिमाथि निगरानी र कारबाही गर्न माग गर्नुका साथै,धार्मिक आस्था जोडिएको मन्दिर क्षेत्रको स्वच्छता कायम राख्न वडा कार्यालय,स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थानीयहरुले सरसफाइ केवल सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको उल्लेख गर्दै टोलवासीहरुलाईसमेत सचेत र जिम्मेवार बन्न आग्रह गरे ।

]]>
https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/feed/ 0
पुलावलाई खीर बनाउन त कसरी सकिइला र https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/ https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/#respond Thu, 28 May 2026 03:54:36 +0000 https://deepjwala.com.np/?p=313 –अयोध्या प्रसाद श्रीवास्तव

 बालेन्द्र सरकारले २०७२ को संविधान संशोधनकोलागि गठन गरेको कार्यदलले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय, सिंहदरबारमा सात दिन भित्र सुझाव पठाउनु भनि इमेल र वाट्सप नम्बर सहित मिति २०८३।२।८ मा सूचना जारी गरेको छ । यद्धपि यो सरकारले अहिले सम्म गरेका कार्यहरुलाई हेर्दा संविधानमा संशोधनको यो काम पनि देश र जनताको हितमा नै हुने होला भन्ने सोंचनु गलत त हुँदैन तर २०७२ को संविधान जारी गर्ने प्रमुख नेताहरुको आ आफना अलग अलग स्वार्थ र विदेशीहरुको चलखेलमा राष्ट्र्यि एकता र राष्ट्र्हितको खासै वास्ता नगरेर लेखिएको संविधानमा संशोधनले मात्र काम चल्ने देखिदैन । आमूल परिवर्तन नै आवश्यक देखिन्छ । 

(क) नेपाल जस्तो भौगोलिक कठिनाई रहेको अतीव दुर्गम गिरि कन्दरामा रहेका अशिक्षित र संचारसुविधा विहीन मानवबस्तीलाई पनि शासनमा आफनो अभिमत राखन त्यत्तिकै अधिकार हुन्छ जति काठमाण्डौमा रहेका शिक्षा सचिव या संचार सचिवलाई छ । तर यो सूचनाले त्यस्ता आम जनतालाई नागरिक नै गनेन । यसले विशेष सुविधा सम्पन्न र शिक्षितमा अभिमतको अधिकार सीमित गरेकोले सरकारलाई अभिजाततन्त्रको दोष लाग्न सक्दछ । सरकारले स्थानीय या केन्द्रिय संयन्त्रहरु परिचालन गरेर उचित समय दिएर जनताको सुझाव संकलन गर्नु पर्दछ ।
(ख) २०७२ को संविधानको प्रस्तावनाले नै हत्या हिंसा, लूट र विध्वंश आदि कामलाई मान्यता दिएको छ । तर प्रजातन्त्रले शान्ति, सुरक्षा, सद्भाव, दया, माया, प्रेम, स्वस्थ प्रतिष्पर्धा र (१) सहयोगी र समतामूलक समाजको अपेक्षा गर्दछ । 

(ग) नेताहरुले आफनो पहिचान र वर्चश्व बनाउने स्वार्थमा राजनीतिक ठूलो परिवर्तनलाई नै सफलता माने र नेपाली माटोको सुगंध, धर्म, संस्कृति, विचार, नीति, अध्यात्मिक र राजनीतिको समन्वयात्मक व्यवहार र व्यवस्थाले गर्दा आदिकालदेखि स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देश कायम रहन सफल रहेको सत्यलाई बिरसेर, धार्मिक भावना र राजतन्त्रसंग खेलवाड गरेका छन् । धार्मिक विद्वेशले गाउँहरुमा पनि कफर््यू लागने गरेको सत्य आँखा खोलेर हेर्ने हो  भने देखिन्छ । 

(घ) राजतन्त्र हटाउने भन्ने कुरा केही शक्तिशाली नेताहरुको बीचको निजी सहमति थियो । तर जनतालाई सुइको नै दिइएन । जनमत संग्रह नै नगराइएको र २०७२ मा संविधान निर्माणको समयमा जनताको लिखित अभिमत व्यक्त भएका कागज पढदै नपढेर निरंकुश तानाशाही प्रवृत्तिमा संविधान लेखन र घोषणा भएको थियो । ती लिखित अभिमत सिंह दरबारमा कुनै बोरामा बन्द होलान्, तिनलाई पढनु र सार्वजनिक गर्नूृ पर्दथ्यो । गर्नु पर्दछ । जनताको रायलाई महत्व नदिएर धर्मनिरपेक्ष लेखिएकोले पूर्ववत् (२) धर्मसापेक्ष हिन्दू अधिराज्य का साथै कुनै कुनै कुरा छलफलमा नै नआएको आफूहरुले मात्र निर्णय गरेर संविधानमा राखेकाले (३) संवैधानिक राजतन्त्र सोझै पूर्ववत् स्थापित हुनु पर्दछ । त्यत्तिकै हटाइएकोले पुनसर््थापना गरेर गलती सच्याउने सम्मको काम हो। यस्तोमा जनमत बुझी रहनु नै किन ?

(ङ)संविधानमा प्राकृतिक असमानताको पनि कुरा त्यागेर समानताको मात्र कुरा गरेर स्वदेशी लाई विदेशी घोषित गरे र विदेशीलाई रजगज गर्ने ठाउँ बनाएका छन् । यस कारण (४)एक पटकको नागरिक सँधेको नागरिक रहनु पर्दछ ।

(च) निर्धनता र अशिक्षाका कारण राज्यमा आफनो हक अधिकार प्राप्त गर्ननसकने, पछौटेपन तथा भेदभावको शिकार भएका गरीबीको रेखा मुनि रहेकाहरुको जीवन उकासनलाई जातीय होइन (५)वर्गीय आधारमा आवधिक योजना अंतरगत विशेष सुविधा र आरक्षण आदि उचित तरीका अपनाउने कुरा संविधानमा उल्लेख हुनु पर्नेमा स्वयं आफैले अंगीकार गरेको कम्युनिष्ट विचारका विपरीत जातीय आधारमा आरक्षण र प्रमुख पदहरुमा दलीय भागबण्डा – धन, शक्ति र पदको वितरण गरेर जे काममा जहाँपनि अंतमा राजनीतिक दल र शक्तिशालीले मात्र लाभ पाउने समस्त संविधानको मूल रक्त संचार प्रणाली र ढाँचा नै दूषित रहेकोले संशोधनमा कुन कुन ठाउँमा मलम लगाउनु हुन्छ ? संविधान का तमाम धारामा संशोधनै संशोधन गर्नाले संविधान कुरुप र कुराहरु बाझिने खतरा हुन सक्दछ ।

(छ ) अहिले २०७२ को संविधानमा संशोधन गर्न भनिएको छ तर संशोधनको अर्थ कुनै मिल्दोजुल्दो प्रकृतिका काम कुरामा दुई चारवटा कुरा थपघट गर्ने हो । नमिल्दो प्रकृतिको कुरामा संशोधन कसरी सम्भव होला ? मानिसको खराब कुनै अंगको प्रत्यारोपण गर्दा मानिसको अंग चाहिन्छ बाघ भालुको अंग लाग्दैन । सम्पूर्ण संविधान दलीय स्वार्थको भागबण्डा र हितमा भएकोले विशुद्ध प्रजातान्त्रिक कुराहरु त्यसमा कसरी मिसाउन बन्ला रु कति धेरै धाराहरु काटपीट गर्नु पर्छ होला ?

  एक उदाहरण द्वारा बुझने प्रयाश गरौं । एक घरमा एक नया भान्से आएछ र पाकशालाको आफनो प्रवीणता देखाउनलाई पुलाउ पकाउनलाई हतपत कसौडी बसालेछ र कसौडीमा घिउ, चामल, मासु, मसला नून तेल का साथै आपूmलाई मन पर्ने भाजीको साग र च्याऊ पनि हालेछ । त्यत्तिकैमा मालकिनी भित्र आई छन् र अचम्मको पुलाव पाक्नलागेको देखी छन् र नया आएकी बुहारीेलाई डाकेर यस्तो पुलाव त खाइँदैन, बरु खीर सबैले खान्छन् खीर पकाउ भनिछन् । 
 बुहारीले चामल, दुध, चीनी, सुखा मेवा,किसमिस , ल्वाँग, अलैची,आदि थालमा जम्मा पारेर भाँडो र चुल्हो एउटै छ, साग पनि हालेको अचम्मको पुलाव पाक्दैछ यसबाट कुन वस्तु कसरी झिकेर अलग गर्ने होला ? र त्यसै भाँडामा मा खीरको सामग्री कसरी पकाउने होला  नया घर । सासुले लिएको परीक्षा पो हो कि ? भनेर सोची छन् र खीरको सब सामग्री त्यही पुलावमा मिसाई दिएपछि अन्तमा पुरै खाना फालाफाल भएछ । 

  ठिक त्यस्तै २०७२ को संविधानमा केही कुरा धेरै राम्रा छन् तर साग जतिसुकै राम्रो भएपनि पुलावमा मिसिएछ । यस्तै पुलाव राम्रो चीज हो तर दूध चीनी पनि मिसिएछ र खीर जति राम्रो भएपनि मासु र मसला मिसिएपछि के गर्ने ? राम्रा चीजहरुको आपसी संयोजन पनि त मिल्नु पर्यो । नमिल्दो संयोजन भएमा अंतमा फाल्नै पर्छ ? तसर्थ देशको आत्मा र स्वभावसंगै मेल नखाने आधारभूमिमा लेखिएको प्रचण्डपथको संविधान २०७२ लाई पूर्णतया खारेज गरेर नेपाली मनको वैदिक सनातन धर्म र संवैधानिक राजतन्त्रलाई आधारभूमि दिएर संविधान पुनरलेखन गर्नू पर्दछ या उसबेला सबैले उत्कृष्ट भनेकै २०४७ को संविधान जनपथ हो, यसलाई पुनर्जीवित गर्नु पर्दछ । 

  वैदिक सनातन हिन्दू धर्म जस्ता शव्दमा शंका गर्नु यस कारण उचित होइन कि  वैदिक भनेको एक कालखण्ड हो जसमा विश्वको सबभन्दा पुरानो पुस्तक ऋग्वेद लेखियो र त्यो समयको निक्र्योल वैज्ञानिकहरुले आजसम्मगर्नै सके छैनन् यस करण अति प्राचीनकाललाई वैदिक भनिन्छ । सनातनको अर्थ जो हिजो थियो, जो आज छ र भोली पनि रहने छ , अर्थात जो नित्यअर्थात उहिलेदेखि अनन्तकालसम्म,अपरिवर्तनीय,असंशोधनीय,र जो सदैव नवीन छ । आत्मा, ईश्वर या ब्रह्म, परम सत्य, आदि लाई सनातन भनिन्छ र उहिलेका अरबहरुले आफनो उच्चारणमा सिन्धलाई हिन्द भन्ने गरेकोले सिन्धु नदीको पूर्वी क्षेत्रका समस्त निवासी, जोसुकै होउन मानव समुदायलाई भनिन्छ । साथै  हिन्दू भनेको कुनै पंथ होइन, र धर्म भनेको, धारयेत इति धर्म अर्थात त्यो जो धारण गर्न लायक छ अर्थात मानवीय कर्तव्य । यस कारण प्राचीनकालदेखि अनंतकाल सम्म, एक समान, नित्य, कुनै आस्थामा रहेकाहरुले मानने गरेको आचरण या व्यवहार र मानवीय कर्तव्य निर्वाह गर्ने मानिसहरुको समुदाय । यो भन्दा विवादरहित अरु शव्दावली के नै होला ? 
                     (लेखक पूर्व प्रशासनिक अधिकृत, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता अधिवक्ता हुन् ) 

]]>
https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/feed/ 0
अदालतमा विचाराधीन विवादबीच जय बागेश्वरी विद्यालयको संरचनामा डोजर, करिब एक करोड क्षति भएको दाबी https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/ https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/#respond Tue, 12 May 2026 10:17:02 +0000 https://deepjwala.com.np/?p=308 गिरिस गुप्ता

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित जय बागेश्वरी उच्च माध्यमिक विद्यालय प्रा.लि.को दक्षिणपट्टि रहेको पर्खाल तथा अन्य भौतिक संरचनामा डोजर चलाएपछि विद्यालय प्रशासन र उपमहानगरपालिकाबीच विवाद चर्किएको छ।

विद्यालय पक्षले उपमहानगरपालिकाको उक्त कदमलाई कानुनविपरीत भन्दै करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ।

उपमहानगरपालिकाले नालाको प्रयोजनका लागि उक्त संरचना हटाइएको जनाएको छ भने विद्यालय प्रशासनले अदालतमा विचाराधीन रहेको विषयमा बल प्रयोग गरी संरचना भत्काइनु गैरकानुनी भएको आरोप लगाएको छ।

विद्यालयका संस्थापक तथा सञ्चालक विद्यामान राज भण्डारीका अनुसार उपमहानगरपालिकाले कुनै ठोस सहमति वा अन्तिम न्यायिक निर्णयबिना नै डोजर प्रयोग गरेर विद्यालयको दक्षिणपट्टि रहेको कम्पाउन्ड पर्खाल, गाडी पार्किङ क्षेत्र, क्रिकेट ग्राउन्ड तथा क्रिकेट अभ्यासका लागि प्रयोग हुँदै आएको नेटसमेत भत्काएको हो। उनले उक्त घटनाबाट विद्यालयलाई करिब एक करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको बताए।

“विद्यालयको सम्पत्तिमाथि बल प्रयोग गरेर डोजर चलाइएको छ। यो कानुनविपरीत मात्र होइन, शैक्षिक संस्थामाथिको अन्यायपूर्ण हस्तक्षेप पनि हो,” भण्डारीले भने, “अदालतमा विचाराधीन विषयमा स्थानीय सरकारले यस्तो हतारोमा बल प्रयोग गर्नु दुःखद् छ।”

भण्डारीका अनुसार विद्यालयले प्रयोग गर्दै आएको उक्त जग्गा २०५२ सालमै विधिवत रूपमा खरिद गरिएको थियो। उनले जग्गा खरिद गरिएको समयमा त्यहाँ कुनै प्रकारको नालाको अस्तित्व नरहेको दाबी गरे। “जग्गा खरिद गर्दा उक्त स्थान खुला थियो। अहिले आएर नालाको नाममा विद्यालयको संरचना भत्काइनु उचित होइन,” उनले भने।

विद्यालय प्रशासनले नाला सम्बन्धी विवाद लामो समयदेखि अदालतमा विचाराधीन रहेको र सो विषयमा अन्तिम निर्णय नआउँदै उपमहानगरपालिकाले बलपूर्वक संरचना हटाउनु न्यायिक प्रक्रियाको अवमूल्यन भएको आरोप लगाएको छ। विद्यालय पक्षले यस घटनाले विद्यार्थीको पठनपाठन वातावरणमा समेत प्रत्यक्ष असर पुगेको जनाएको छ।

डोजर चलाइएपछि विद्यालय परिसर अस्तव्यस्त बनेको छ। भत्काइएका संरचनामध्ये विद्यालयको सुरक्षा घेराका रूपमा रहेको कम्पाउन्ड पर्खाल प्रमुख रहेको छ। त्यस्तै विद्यार्थी तथा अभिभावकका सवारी साधन पार्किङका लागि निर्माण गरिएको क्षेत्रसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको विद्यालयले जनाएको छ। क्रिकेट खेलका लागि निर्माण गरिएको ग्राउन्ड र अभ्यास नेट भत्काइएपछि विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापसमेत प्रभावित भएको विद्यालय प्रशासनको भनाइ छ।

यता नेपालगन्ज उपमहानगरपालिकाले भने सार्वजनिक नाला अतिक्रमण गरिएको गुनासोका आधारमा संरचना हटाइएको जनाएको छ। उपमहानगरपालिकाका स्रोतका अनुसार वर्षायाममा पानी निकासमा समस्या देखिएको तथा सार्वजनिक क्षेत्र अतिक्रमण हुँदा स्थानीय बासिन्दाले समस्या भोग्दै आएको गुनासोपछि डोजर परिचालन गरिएको हो।

उपमहानगरपालिकाले नाला संरक्षण र सार्वजनिक हितका लागि आवश्यक कदम चालिएको दाबी गरे पनि विद्यालय प्रशासनले भने आफूहरूसँग पर्याप्त संवाद नगरी एकतर्फी रूपमा डोजर चलाइएको आरोप लगाएको छ। स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा विगत केही वर्षदेखि नाला सम्बन्धी विवाद रहँदै आएको थियो।

घटनापछि विद्यालय पक्षले कानुनी उपचार खोज्ने तयारी गरेको जनाएको छ। विद्यालय प्रशासनले सम्पत्तिमा पुगेको क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिसमेत माग गर्ने संकेत दिएको छ। “हामी न्यायिक प्रक्रियामा विश्वास गर्छौं। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै बल प्रयोग हुनु लोकतान्त्रिक पद्धतिअनुसार स्वीकार्य हुन सक्दैन,” भण्डारीले बताए।

स्थानीय शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले पनि घटनाप्रति चासो व्यक्त गरेका छन्। उनीहरूले सार्वजनिक संरचना संरक्षण आवश्यक भए पनि शैक्षिक संस्थासँग समन्वय गरेर समाधान खोज्नुपर्ने बताएका छन्। विद्यालयजस्तो संवेदनशील संस्थाको संरचना भत्काउँदा त्यसले विद्यार्थी, अभिभावक र समग्र शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ।

हाल घटनास्थलमा भत्काइएका संरचनाका अवशेषहरू देख्न सकिन्छ भने विद्यालय प्रशासनले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। यस घटनाले स्थानीय तहको अधिकार प्रयोग, सार्वजनिक सम्पत्तिको संरक्षण र निजी स्वामित्वको अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा पुनः बहस सिर्जना गरेको छ।

]]>
https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/feed/ 0