स्वास्थ्य – Deep Jwala https://deepjwala.com.np Local News Fri, 29 May 2026 04:04:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 ’फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक’ https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/ https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/#respond Fri, 29 May 2026 04:02:41 +0000 https://deepjwala.com.np/?p=318

नेपालगञ्जनेपालगञ्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीत मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएका छन ।

बास नेपालले नेपालगञ्जमा आयोजना गरेको फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता विषयक कार्यक्रममा सहभागीहरुको धारणा रहेको थियो ।

हरित नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले ’अब स्रोत र साधनको अभाव छ’ भन्ने समय नरहेको र नेपालगञ्ज उपमहानगरपालिकाको इच्छा शक्तिको आवश्यकता देखिएको उहांको भनाई थियो ।

नेपालगञ्जमा थन्कीएर रहेको पूराना नगरबसहरुको परिमार्जन मार्फत फोहोर संकलन गाडीको रुपमा प्रयोग गर्न सकिने तथा उपमहानगरपालिको उपलब्ध स्रोत र साधानको पूर्ण सदुपयोग मार्फतसफा शहरको रुपमा रुपान्तरण गर्न सकिने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का टोल विकास संस्थाका संयोजक ओबिराज आचार्यले अब विगतको जस्तो अवस्था नरहेको बौद्धिक रुपमा समाज रुपान्तरण भई सकेकोले कडा रुपमा निगरानी, नियन्त्रण र नियमनमा ध्यान दिनुपर्ने तथा फोहोर व्यवस्थापनको लागि फोहोर नै कम गर्ने प्रणालीको विकास गर्नुपर्ने भन्नु भयो ।

फोहोर व्यवस्थापनमा समुदायको संलग्नता गराउने उदेश्यका साथ आयोजित कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले फोहोर व्यवस्थापन केवल उपमहानगरपालिकाको जिम्मेवारी मात्र नभएर स्थानीयहरुको पनि त्यती नै भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी रहेका शिक्षक तथा विद्यार्थीहरुले हरित नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत संचालित विद्यालयमा शून्य फोहोर कार्यक्रमले विद्यालयका साथै घरमा समेत फोहोरको उच्चतम् व्यवस्थापन गर्न सकिने शिक्षा प्राप्त भएको र स्रोतमा नै फोहोर वर्गिकरण गर्न थालिएको उदाहरणहरु प्रस्तुत गरेका थिए ।

६० जना सहभागी रहेको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट सहभागीहरुबाट उठाएका सवालहरुको जवाफमा बोल्दै वातावरण शाखा प्रमुख प्रकाश डिसीले स्थानीयहरुमा आएको
परिवर्तनको जागरुपताले उपमहानगरपालिकालाई हौसला प्राप्त भएको र आगामी कार्ययोजनामा दिगो फोहोर व्यवस्थापनको रणनीति तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सामाजिक, गैसस तथा साझेदार विकास शाखा प्रमुख कृष्ण प्रसाद जोसीले फोहोर व्यवस्थापनमा टोल विकास संस्थालाई नै जिम्मेवार बनाउने पर्ने र सो कार्यको लागि पूर्ण अधिकार समेत प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको वर्तमान अवस्था र भावि समाधानको उपाए बारेको प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रमको सहजिकरण बास नेपालका परियोजना संयोजक मन भण्डारीले गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/feed/ 0
हडियाबाबा मन्दिर नजिक फोहर थुपारिदा स्थानीयवासीहरुले जनाए आपत्ति https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/ https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/#respond Thu, 28 May 2026 04:29:58 +0000 https://deepjwala.com.np/?p=315 दयाराम यादव (अहिर)

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–६ रामनगर स्थित हडिया बाबा मन्दिर नजिक सार्वजनिक आवत–जावत गर्ने सडक छेउमा फोहोर थुपारिएको विषयलाई लिएर स्थानीयवासीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

मन्दिरको कम्पाउन्ड साइडमा दैनिक रूपमा फोहोर फालिने क्रम बढेपछि स्थानीय बासिन्दा, धार्मिक आस्थावान नागरिक तथा सर्वसाधारण चिन्तित बनेका छन ।

स्थानीयका अनुसार सार्वजनिक बाटोमै जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएको छ भने त्यसले वातावरणीय तथा स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने भनि चिन्ता व्यक्त गर्दै बिहान–साँझ मन्दिरमा पूजा गर्न आउने भक्तजन, विद्यालय जाने बालबालिका तथा दैनिक हिँडडुल गर्ने सर्वसाधारणहरुसमेत यसबाट प्रत्यक्ष रुपमा प्रभावित हुने गरेका गुनासो पोख्दै भने ।

स्थानीयवासीले कसले र किन यस्तो फोहोर ल्याएर सार्वजनिक स्थलमा थुपारि रहेको हो भन्ने विषयमा सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउदै लामो समयदेखि समस्या दोहोरि रहे पनि समाधानका लागि कुनै प्रभावकारी कदम नचालिएको भन्दै स्थानियहरुले सम्वन्धित निकाय प्रति आक्रोससमेत पोखेका छन ।

“सार्वजनिक बाटोमै फोहोर थुप्रिँदा हिँडडुल गर्नसमेत समस्या भएको छ । दुर्गन्धका कारण साँझ–बिहान मन्दिरमा पूजा गर्न जानसमेत कठिनाई भइ रहेको छ,” एक स्थानीयले गुनासो समाचारदातासंग गुनासो पोख्दै भने स्थानीयहरूले फोहोर व्यवस्थापनमा सम्बन्धित निकायको लापरवाही देखिएको भन्दै वडाका जनप्रतिनिधिहरू जनस्वास्थ्य र सरसफाइ जस्तो संवेदनशील विषयमा मौन बसेकाले असन्तुष्टि व्यक्त गरेका छन् ।

चुनावका बेला जनताको घरदैलोमा पुगेर विभिन्न प्रतिबद्धता जनाउने जनप्रतिनिधिहरू अहिले टोलको आधारभूत समस्या प्रति बेवास्ता गरि रहेको आरोप लगाउदै भने जनप्रतिनिधिहरूसँग भोट माग्ने बेलासम्म मात्र सम्बन्ध सीमित भएको हो कि भन्ने प्रश्नसमेत गर्दैै सरसफाइ, सार्वजनिक स्वास्थ्य र धार्मिक स्थलको संरक्षण जस्ता विषयमा वडा कार्यालयले तत्काल पहल गर्न आवश्यक रहेको भनि जोडदार माग समेत गरेका छन ।

यस्तै अर्का स्थानीयले फोहोरको उचित व्यवस्थापन नहुँदा बढदो तापक्रमको अवस्थालाई हेर्दा रोग संक्रमण फैलिन सक्ने खतरा पनि बढेको स्थानीयको भनाइ रहेको रहेको छ ।

खुला रूपमा फोहोर थुपारिँदा झिँगा,किराफट्याङ्ग्रा र दुर्गन्ध फैलिने भएकाले त्यसले बालबालिका,वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्थानीयले तत्काल फोहोर हटाएर नियमित सरसफाइको व्यवस्था गर्न तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिमाथि निगरानी र कारबाही गर्न माग गर्नुका साथै,धार्मिक आस्था जोडिएको मन्दिर क्षेत्रको स्वच्छता कायम राख्न वडा कार्यालय,स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थानीयहरुले सरसफाइ केवल सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको उल्लेख गर्दै टोलवासीहरुलाईसमेत सचेत र जिम्मेवार बन्न आग्रह गरे ।

]]>
https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/feed/ 0
लायन्सको निशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न https://deepjwala.com.np/%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%ae%e0%a4%a7%e0%a5%81%e0%a4%ae%e0%a5%87%e0%a4%b9/ https://deepjwala.com.np/%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%ae%e0%a4%a7%e0%a5%81%e0%a4%ae%e0%a5%87%e0%a4%b9/#respond Fri, 14 Nov 2025 15:16:12 +0000 https://deepjwala.com.np/?p=264 उक्त शिविरबाट ३५ जनाले लिए सेवा

नपालगन्ज । लायन्स क्लब अफ नेपालगन्जले शुक्रवार विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क मधुमेह परीक्षण शिविर संचालन गरेकोे थियो ।

उक्त शिविरको अध्यक्षता लायन्स क्लव अफ नेपालगन्जका अध्यक्ष यज्ञ बहादुर बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा इन्टरनेशनल लायन्स डिष्ट्रिक ३२५ एनका गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ रहेका थिए भने अतिथीका रुपमा क्रमशः डिष्ट्रिक ३२५ एनको कोषाध्यक्ष भिम प्रसाद सुवेदी,श्री धर शर्मा आचार्य,पुष्कर बहादुर खडका,तारा प्रसाद खत्री,नेपाल पत्रकार महासंघका अध्यक्ष नविन गिरी रहेका थिए ।

शिविरमा सहभागि भएकाहरुले आ–आफ्ना मनतव्य समेत व्यक्त गरेका थिए ।

मनतव्य दिने क्रममा डिष्ट्रिक ३२५ एन का डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठले समुदायमा बढ्दो मधुमेहको जोखिम,यसको
रोकथाम तथा समय मै परीक्षणको आवश्यकताबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो ।

यसैगरी मनतव्य दिने क्रममा नेपाल पत्रकार महासंघको अध्यक्ष नविन गिरीले मधुमेह समय मै पत्ता लगाउन नियमित परीक्षणको महत्त्व बारे जानकारी दिँदै,स्वस्थ दिनचर्या, नियमित व्यायाम र सन्तुलित आहार नै दीर्घकालीन स्वास्थ्य सुरक्षाका आधारहरू भएको भन्नुभयो ।

बिश्व मुधमेह दिवशको अवशरमा संचालन गरिएको उक्त शिविरमा क्लवका पदाधिकारी,कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

शुक्रवार संचालन गरिएको उक्त शिविरमा ३५ जना निःशुल्क मधुमेह परीक्षण सेवा प्राप्त गरेका थिए ।

लायन्स क्लब अफ नेपालगन्जका पदाधिकारीहरूको उपस्थिति तथा समन्वयमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमा स्वास्थ्य सेवा सहज र पहुँच योग्य बनाउन संस्थाले गरि रहेको निरन्तर प्रयासको एउटा महत्वपूर्ण आयाम भएको शिविरमा सेवा लिन पुगेका एक स्थानियले समाचारदातासंगको कुराकानीको क्रममा बतए ।

उहांले अगाडी थप्दै भन्नु भयो क्लबले मधुमेहजस्ता दीर्घरोगहरूले समुदायमा पार्ने असर कम गर्न सचेतना मूलक पहल अत्यावश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता निःशुल्क परीक्षण तथा स्वास्थ्य–सम्बन्धी सेवा गतिविधि निरन्तरता दिइने बिश्वाससमेत व्यक्त गर्नुभयो ।

शविरमा सहभागि भएका अर्का स्थानियले यस्तो कार्यक्रमले ग्रामीण तथा शहरी सीमावर्ती क्षेत्रका नागरिकलाई समयमै रोग पहिचान र रोकथाम तर्फ प्रेरित गरेको अनुभूति भएको भन्दै समुदाय स्तरमै पुगेर सेवा पु¥याउने समाजसेवी भूमिकाको प्रशंसासमेत गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%ae%e0%a4%a7%e0%a5%81%e0%a4%ae%e0%a5%87%e0%a4%b9/feed/ 0
धन्वन्तरी जयन्तीको अवशरमा शहरी स्वास्थ्य प्रवन्धन केन्द्रले गरयो सचेतना मूलक कार्यक्रम https://deepjwala.com.np/%e0%a4%a7%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae/ https://deepjwala.com.np/%e0%a4%a7%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae/#respond Sun, 19 Oct 2025 11:49:04 +0000 https://deepjwala.com.np/?p=257

नेपालगञ्ज ः अरोग्यको आधार,ध्यान,योग,आर्यूवेद उपचार भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा.नं.४ को शहरी स्वास्थ्य प्रवन्द्धन केन्द्र बांकेले आइतवार धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

वन–जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मजयन्तीको स्मरणमा देशभर विविध कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले योग समिति नेपाल र पतन्जली योग समिति बाँकेसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, युर्वेदको महत्व र रोग प्रतिरोधात्मक क्षमताको संवर्धनका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले हाल जन्मन साथ एन्टिबायोटिक सेवन गर्नुपर्ने अवस्था देखा परिरहेको उल्लेख गर्दै स्वस्थ जीवनका लागि सचेत बन्न आग्रह गर्दै उहांले भन्नुभयो, “स्वस्थ जीवनका लागि योग र प्राकृतिक अभ्यासलाई दैनिक जीवनमा अपनाउन आवश्यक रहेको छ ।” मेयर विष्ट भन्छन्, “स्वस्थ मानिसले मात्र आफू र देशका लागि योगदान दिन सक्छ, त्यसैले स्वास्थ्यप्रति संवेदनशील हुनु अहिलेको आवश्यकता रहेको प्रति प्रमुख बिष्टले जोड दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं .४ का अध्यक्ष गोपाल पुन, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.आलोक पाण्डेय, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका आयुर्वेद शाखा प्रमुख डा.शिवराज सुवेदी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सचिव वसन्त गौतम लगायतका दर्जनौं व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%a7%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae/feed/ 0
जानौं अनुहारमा चामलको पानीसंग फिटकरी मिसाई लगाउदा हुने फाईदाहरु https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%ae%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%ae%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be/#respond Mon, 14 Jul 2025 14:53:06 +0000 https://deepjwala.com.np/?p=192 साधना तिवारी

चामलको पानीले छालाका लागि प्राकृतिक क्लिन्जरको रूपमा काम गर्दछ। यदि तपाईँ चामलको पानीसंग फिटकिरी मिसाई अनुहारमा लगाउनु हुन्छ भने यसले छालामा भिन्नता देखाउने छ।

(निस्तेज र निर्जीव छालामा चमक ल्याउन अब तपाईँले पार्लरमा गएर महँगो उपचार लिन आवश्यक छैन । तपाईँ आफ्नो घरमा प्रयोग गरिने चामलको पानीले तपाईँको अनुहार सफा गर्न सक्नुहुन्छ जसले तपाईँको छालालाई उत्कृष्ट चमक दिने काम गर्दछ। कच्चा चामलको पानीमा थोरै फिटकिरी मिसाएर दैनिक अनुहारमा लगाउँदा, तपाईंको छालाको दाग र दागहरू कम हुन्छन् । यसले छालामा चमक पनि थप्छ।

चामलको पानीमा फिटकरी

आधा कप पानीमा ३ टेबलस्पून कोर्न स्टार्च मिसाउनुहोस्। यसलाई आफ्नो अनुहारमा लगाउनु होस्। २०÷२५ मिनेट पछि अनुहारलाई सादा पानीले धुनुहोस्।

एलोवेरा जेलका साथ फिटकरी

एलोवेरा जेललाई फिटकरीको पाउडर सँग मिसाउनुहोस्। यसलाई आफ्नो अनुहारमा लगाउनुहोस्। यसलाई २०÷३० मिनेटको लागि छालामा छोड्नुहोस्। त्यसपछि आफ्नो छाला धुनुहोस्।

नींबूको रसको साथमा फिटकरी

एक फिटकरीसँग केही निम्बुको रस मिसाउनुहोस्। यसलाई राम्रोसँग मिसाउनु होस् र अनुहारमा लगाउनुहोस्। १५÷२० मिनेट पछि चिसो पानीसंग आफ्नो अनुहार धुनुहोस्।

गुलाब जलको साथमा फिटकरी

फिटकरीको पाउडरलाई केही समयका लागि गुलावजलको पानीमा भिजाउनु होस्। त्यसपछि यसलाई राम्ररी मिसाउनु होस्। त्यसपछि, स्प्रे बोतलमा गुलाबको पानी(फिटकरीको मिश्रण खन्याउनु होस्। प्रत्येक पटक तपाईँले आफ्नो अनुहार सफा गर्दा यो मिश्रणलाई तपाईँको अनुहारमा लगाउनु होस् ।
फिटकरीको पानी संग अनुहार धुनु

तपाईँ आफ्नो अनुहारको छालालाई सफा गर्न हरेक दिन मनतातो पानी प्रयोग गर्न सक्नु हुन्छ।

]]>
https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%ae%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be/feed/ 0
जानौ बिहान खालीपेटमा जामुनको पात खांदा हुने फाइदाहरु https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%ae/ https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%ae/#respond Sun, 13 Jul 2025 14:37:18 +0000 https://deepjwala.com.np/?p=183 मुकेश शर्मा

बिहान खाली पेटमा यो विशेष पात चबाउनु तपाईंको स्वास्थ्यका लागि धेरै राम्रो विकल्प हुन सक्छ, जसमध्ये केहीका बारेमा हामी तपाईंलाई यस लेखको माध्यामबाट जानकारी दिने प्रयास गरेका छौ ।

आजको द्रुत र व्यस्त जीवनशैलीले हामीलाई धरै प्रकारको् सुविधाहरू दिएको छ, भने यसले धेरै रोगहरू पनि उपहार स्वरुप दिएको छन्। हामीहरुको अनियमित दिनचर्या, जंक फूड, तनाव, निद्राको कमी र शारीरिक गतिविधिको कमीले उच्च रक्तचाप, मधुमेह, मोटोपना, थाइरोइड र मानसिक रोगहरू निम्त्याउँछ।

उही समयमा, मधुमेह, जुन यी गलत बानीहरूको कारणले हुन्छ, एक रोग हो जुन एक पटक हुन्छ, जीवन भर तपाईंसँग रहन्छतर एउटा राम्रो कुरा यो हो कि केही आयुर्वेदिक र प्राकृतिक उपचारहरूद्वारा रगतमा चिनीको स्तरलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

यस्तै एउटा सरल, सस्तो र प्रभावकारी उपचार जामुनको पात हो। यदि तपाईँ हरेक दिन बिहान खालीपेटमा जामुनको ताजा पात खानु हुन्छ भने, यसले दिनभरि तपाईँको रगतमा चिनी नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ।

बिरुवाको पातमा फलको जस्तै औषधीय गुणहरू पनि बिद्यमान रहे्का हुन्छन् । यसको पातमा धेरै उपयोगी पदार्थहरू हुन्छन्, जुन स्वास्थ्यका लागि धेरै उपयोगी हुन्छन्। यसमा फाइबर, क्याल्सियम, पोटासियम, फलाम, भिटामिन सी, एन्टिआक्सिडन्टहरू र विशेष गरी जाम्बोलिन र जाम्बोसिन जस्ता मधुमेह विरोधी यौगिकहरू रहेका हुन्छन्।
यी पोषक तत्त्वहरूले रगतमा चिनी नियन्त्रण गर्न, पाचन सुधार गर्न, प्रतिरक्षा बढाउन र कोशिकाहरूलाई अक्सिडेटिभ तनावबाट बचाउन मद्दत गर्दछ। जामुनकको पात आयुर्वेदमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ।

प्रयोग गर्ने बिधी ः

बिहान खाली पेटमा जामुनको पात लिनुहोस्। यसलाई राम्ररी सफा गर्नुहोस्, बिस्तारै चबाउनुहोस् र यसको रस निल्नुहोस्। यसपछि, पानी नपिउनु होस्, ताकि प्रभाव रहन्छ। तपाईँ चाहनु हुन्छ भने यसलाई तपाईले मनतातो पानी प्रयोग गर्न सक्नु हुन्छ।

रगतका चीनीको मात्रालाई नियन्त्रण गर्दछ ः

जामुनको पातमा रहेका प्राकृतिक यौगिकहरूले रगतमा ग्लुकोजको अवशोषणलाई सुस्त पार्छ, जसले रगतमा चिनीको स्तरलाई सन्तुलित र मधुमेहलाई नियन्त्रणमा राख्छ।

जामुनको पातमा रहेका यौगिकहरूले इन्सुलिनप्रति शरीरको संवेदनशीलता बढाउँछन्, जसले गर्दा उपलब्ध इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गरेर रगतमा चिनीलाई नियन्त्रणमा राख्छ।

पाचन सुधार गर्दछ

जामुनको पातमा रहेको एन्टिआक्सिडन्ट र फाइबर सामग्रीले पाचन प्रणालीलाई बलियो बनाउँछ, अपचन, ग्यास र एसिडिटी जस्ता समस्याहरूबाट छुटकारा दिन्छ र आन्द्रालाई सफा राख्छ। प्रायः पाचनसम्बन्धी समस्या हुनेहरूका लागि यो राम्रो विकल्प हुन सक्छ।

कलेजोलाई स्वस्थ राख्दछ ः

जामुनको पातले कलेजो र मृगौलालाई अक्सिडेटिभ तनावबाट बचाउन मद्दत गर्दछ। यसका औषधीय गुणहरू मधुमेहका बिरामीहरूका लागि यी अङ्गहरूको कार्यलाई कायम राख्न लाभदायक छन्।

]]>
https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%ae/feed/ 0
संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/ https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/#respond Sat, 12 Jul 2025 14:57:46 +0000 https://deepjwala.com.np/?p=167

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् ।

सामाजिक संजाल मार्फत सांसद खत्रीले अस्पताल खारेजीको माग गरेका हुन् ।

उनले संजिवनी अस्पतालले गरेको ठगी र अबैधानिक क्रियाकलामा आफ्नो इथिक्सले टुलु टुलु हेर्न नमिल्ने उल्लेख गर्दै अस्पतालको अबैध क्रियाकलाप बिरोध गर्दा जस्तोसुकै चुनौतीको सामन गर्ना तयार रहेको समेत जनाए ।

अस्पताल अवैध सञ्चालनमा रहेको आरोप लगाउँदै पूर्वमन्त्री खत्रीले अस्पतालको अवैध सञ्चालनका केही बुँदाहरु समेत उल्लेख गरेका छन् । उनले
संजिवनी अस्पतालले ठगी धन्दा चलाइ रहेको आरोप लगाउँदै अस्पताल अनुमति बिना संचालनमा रहेको जनाए । उहांले संजिवनी कलेज अफ मेडिकल साईन्सेस (साबिक नेपालगञ्ज हस्पीटल रिसर्च एण्ड ट्रेनिग सेन्टर) स्वास्स्थ्य सेवा नियमावली २०७७ को ब्यावस्था अनुसार खारेज भएको खारेजीमा रहेको समेत जनाए ।

खत्रीले अस्पतालको लागि प्रति शैया ५५ स्क्वायर मिटर जग्गा चाहिने भएपनि अस्पताल मापदण्ड भन्दा कम जग्गामा सञ्चालनमा रहेको उहांको भनाई थियो । ‘अस्पतालको लागी प्रति शैया ५५ स्वायर मिटर जग्गा चाहिन्छ, यो हिसाबले १०० शैया को अस्पताल चलाउन लाई १७ कट्ठा जग्गा चाहिन्छ, चाहिने जति जग्गा संजिवनी संग छैन र पुर्बाधार पनि नरहेको बताए ।

अहिले अबैधानिक तरिकाबाट मेडिकल कलेजको जग्गा तथा बिल्डिगमा अस्पताल संचालन रहेको छ । अस्पताल सञ्चालन गर्दा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र गर्नु पर्छ तर कुनै पनि निकायबाट अनुमति नलिएको खत्रीको भनाई रहेको छ ।

सांसद खत्रीले संजिवनीले कुनै पनि निकायबाट अस्पताल संचालनको अनुमति नलिएको दाबी गर्दै अस्पताल संचालन गर्न २०० बेडसम्म प्रदेश बाट र २०० बेड भन्दा माथी संघबाट अनुमति लिनु पर्ने जनाए् । उहांले बाहिर संजिवनीको बोर्ड लगाए पनि भित्र सबै कारोबार नेपालगञ्ज मेडिकल कलेजको नाममा हुदै आएको बताए ।

‘अहिले नेपालगञ्ज हस्पिटल ट्रेनिग एण्ड रिसर्च सेन्टरले २०५३ मा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट १०० शैयाको अस्पतालको अनुमति लिएको प्रमाण पेश गरेका छन्, तर त्यसपछि त्यसको नबिकरण भएको छैन । जब कि नबिकरण नभए त्यो अस्पताल खारेज हुने ब्यावस्था रहेको बताए ।

जनस्वास्थ्य ऐन २०७५ को दफा २१,२२,२३ ब्यावस्था र स्वास्थ नियमावली २०७७ को नियमले पहिला अनुमति लिएर संचालित अस्पतालले नियमावली लागु भए पछि नियमावली अनुसारको मापदण्ड पुरा गरि वढीमा ६ महिना भित्र नबिकरण गर्नु पर्ने अन्यथा दर्ता खारेज हुने भन्ने ब्यावस्था रहेको भन्दै
सोही ब्यावस्था अनुसार नबिकरण नभएको हुदा नेपालगञ्ज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर खारेज भएको छ ।

उहांले सामाजिक संजाल मार्फत भनेका छन्, ‘जनस्वास्थ्य ऐन २०७५ ,स्वास्थ्यसेवा नियमावली २०७७ ,स्वास्थ्य संस्था संचालन निर्देशिका २०७८ लुम्बिनी प्रदेश स्वास्थ्य संस्था स्थापना,संचालन, नबिकरण र स्तरोन्नति गर्न बनेको ऐन २०७६ र प्रदेश स्वास्थ्य संस्था स्थापना संचालन, नविकरण तथा स्तरउन्नती नियमावली २०७७ ले गरेको ब्यावस्था बिपरित अबैधानिक हिसाबले अनुमति नलिई अस्पताल सञ्चालन गर्न खोजेको अवस्था रहेको बताए ।

खत्रीले संजिवनी (साबिक नेपालगन्ज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर) अबैधानिक रहेको जनाएका छन् । हालसम्म अस्पताल दर्ता र भौतिक पुर्बाधार अन्तर्गत अहिले जग्गा नपुग्ने हुदा दर्ता पनि हुने नहुने तर्क गर्दै उहांले गैरकानुनी रूपमा बोर्ड राखी संचालन भई रहेको संजिवनीको सम्पुर्ण प्रक्रिया रोक्ने र खारेज गर्न माग गरेका छन् ।

सांसद खत्रीले लगाएको आरोप सम्बन्धमा प्रतिक्रियाकालागि फोन गर्दा संजिवनी अस्पतालका सिओओ डा.नितेश कनोडिया भने सम्पर्ककमा आउन चाहेनन ।

]]>
https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/feed/ 0
ठ्यांकीबाट बितरण गरिएकोे दुषितपानी पिउन बाध्य खजुरा २ रिमझिम बजारका स्थानियवासी https://deepjwala.com.np/%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b%e0%a5%87/ https://deepjwala.com.np/%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b%e0%a5%87/#respond Fri, 04 Jul 2025 14:28:02 +0000 https://deepjwala.com.np/?p=98

नेपालगन्ज । खजुरा गाउँपालिका २ रिमझिम बजारमा रहेको खानेपानी ट्यांकीबाट आएको अर्सानिक पानीले स्थानियवासी दुसित पानी पिउन बाध्य भएका छन ।

घरमा आउने पानी अर्सानिक ९फोहोर० आउने भएर स्वास्थ्यसंग खानेपानी संस्थाले खेलवाद गरेको भन्दै स्थानियवासीहरुले विरोध गरेका छन् ।

जनतालाई शुद्ध खानेपानी खुवाउने भनि सन्चालन गरेपनि अर्सानिकयुक्त खानेपानी खुवाएको भन्दै उक्त क्षेत्रका स्थानियहरुले विरोध गरेका छन ।

घर घरमा फोहोर पानी आइरहेकोले जनताको स्वास्थमा नराम्रो आसर पर्न सक्ने भएकोले सरकारवलाको ध्यानाकर्षण स्थानियवासीले गराउदै आएपनि वास्ता नगरेको एक स्थानियले समाचारदातासंगको कुराकानीको क्रममा भने ।

खानेपानी जोडे देखि नियमितता पानी घर घरमा नआएको र आएपनि पानी धमिलो फोहोर आएको खजुरा गाउँपालिका वडा नम्बर २ गुराँसपुर निवासी हस्तकला देवकोटाले भने ।

सितापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष ऐन बहादुर महतराले समिति गठन भएको ०७० सालमा हो ।

पानी संचालन भएको २ बर्ष भएको छ । खाना योग्य पानी छ तर केही दिनयता भने फोहोर पानी आएको अध्यक्ष महतराले स्वीकार गरे ।

अर्सानिकयुक्त पानी धाराबाटै आएको उहाँले जानकारी दिदै एक हप्तादेखि धमिलो पानी बोरिङबाटै आएको अध्यक्ष महतराले स्वीकार गरे । लगातार चलायो भने सफा आउँछ केही समय बन्द भएको कारण फोहोर पानी आएको उहांको भनाई रहेको थियो ।

अध्यक्ष महतराले खानेपानी डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्याललाई जानकारी गराएको छु हेर्न आउने आश्वासन आएको छ तर अझै पनि यस विषयमा चासो नदेखाएको सरसफाई उपभोक्ता समिति सितापुर २ रिमझिम बजारका अध्यक्ष महतराले बताए ।

खानेपानी डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर प्रकाश जंग शाहका अनुसार समितिमा बजेट अभावका कारण अस्वस्थ खानेपानी उपभोक्तालाई वितरण भै रहेको स्वीकार गरेका छन ।

]]>
https://deepjwala.com.np/%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b%e0%a5%87/feed/ 0