मुख्य समाचार – Deep Jwala https://deepjwala.com.np Local News Sat, 06 Jun 2026 06:42:29 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 अदालत प्रवेशमा कडाई https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/ https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/#respond Sat, 06 Jun 2026 06:42:28 +0000 https://deepjwala.com.np/?p=337 कानून व्यवसायी तथा लेखापढी व्यवसायीलाई नियमावलीमा निर्दिष्ट पोसाक लगाउन अनिर्वाय

नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ ।

अदालत प्रशासनले एक सूचना जारी गर्दै यही आउदो सोमवार जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाका लागि विभिन्न ९ बुँदे निर्देशन अनिवार्य रूपमा पालना गर्नु पर्ने उक्त सूचनामा उल्लेख रहेको छ ।

अदालत परिसरमा हुन सक्ने सम्भावित असुरक्षा र अव्यवस्थालाई ध्यानमा राखेर सो निर्णय भएको बाँके जिल्ला अदालतको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

नयाँ व्यवस्था अनुसार अब कानुन व्यवसायीले कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ ले निर्दिष्ट गरेको पोसाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश गर्न पाउने जारी सूचनामा उल्लेख रहेको छ भने लेखापढी व्यवसायीको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोसाक र परिचय–पत्र अनिवार्य गरिएको जारी सूचनामा उल्लेख रहेको छ ।

सेवाग्राहीको हकमा फिराद पत्र, प्रतिउत्तर पत्र वा अन्य निवेदन दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने नियम बनाइएको छ भने साक्षी बकपत्रका लागि उपस्थित हुने दुवै पक्षका साक्षीले आफ्नो पक्षको साक्षी निवेदन पत्रका साथमा र तारिखमा रहेका पक्ष वा वारिसहरूले तारिख पर्चासहित आफ्नो परिचयपत्र देखाएर मात्र अदालतभित्र प्रवेश पाउने व्यवस्था गरिएको गरिएको जानकारी आफूले पाएको अधिवक्ता वसन्त गौतमको भनाई थियो ।

अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकको सहायताका लागि भने एक जनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिनुका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्नभित्र पान, गुटखा लगायतका वस्तु सेवन नगर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरिएको उहांका भनाई रहेको थियो ।

तोकिएका वर्ग र प्रयोजन बाहेकका अन्य व्यक्तिलाई अदालतको अनुमति बिना प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा गार्डले मुख्य ढोकामा कडा जाँच गरेर मात्र प्रवेश अनुमति दिने ब्यहोरा जारी सूचनामा उल्लेख रहेको छ ।

]]>
https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%88/feed/ 0
आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/ https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/#respond Fri, 29 May 2026 15:30:59 +0000 https://deepjwala.com.np/?p=328 एन्जेल्स मा.बि. प्रथम स्थान प्राप्त गर्न सफल

नेपालगन्ज । बांके कला केन्द्र नेपालगन्जको आयोजनामा प्रथम “मेयर सांस्कृतिक कप–२०८३” अन्तर्गत आन्तरिक माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता नेपालगन्ज स्थित सुनाखरी कटेज एण्ड रेष्टेरेन्टमा आज सम्पन्न सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको प्रथम मेयर सांस्कृतिक कपको उपाधी एञ्जल्स माबि धम्बोझी नेपालगन्जले प्राप्त गरेको छ भने पशुपति मावि रा“झाले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ त्यसैगरी मोडेल एकेडेमी नेपालगन्ज र न्यु ग्यालेक्सी स्कूलले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गर्नमा सफल भएका छन ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्कूलले क्रमश ५१ हजार ३१ हजार र १० हजार ५ सय, १० हजार ५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बांके कला केन्द्रको अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, प्याब्सन बांके, नाट्टा बा“के च्याप्टर, होटल व्यवसायी महासंघ लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय गीतकार तथा संगीतकार महेन्द्र हमालको योगदानको स्मरण गर्दै उनकी धर्मपत्नी शान्ति हमाललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमले सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रबीच आपसी सहकार्य र सम्मानको वातावरण श्रजना गर्ने कार्यक्रममा उपस्थितहरुको बिश्वास रहेको थियो ।

प्रतियोगितामा बांके जिल्लाका १२ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो भने प्रतियोगितामा नेपाली लोकसंस्कृति, लोकनृत्य तथा मौलिक कलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव गोर्ख बहादुर थापा रहेका थिए ।

कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिनुका साथै बांके कला केन्द्रले कला, संस्कृति तथा लोकपरम्पराको जगेर्नामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने केन्द्रका अध्यक्ष गुरुङ्गको भनाई थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/feed/ 0
अदालतमा विचाराधीन विवादबीच जय बागेश्वरी विद्यालयको संरचनामा डोजर, करिब एक करोड क्षति भएको दाबी https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/ https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/#respond Tue, 12 May 2026 10:17:02 +0000 https://deepjwala.com.np/?p=308 गिरिस गुप्ता

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जस्थित जय बागेश्वरी उच्च माध्यमिक विद्यालय प्रा.लि.को दक्षिणपट्टि रहेको पर्खाल तथा अन्य भौतिक संरचनामा डोजर चलाएपछि विद्यालय प्रशासन र उपमहानगरपालिकाबीच विवाद चर्किएको छ।

विद्यालय पक्षले उपमहानगरपालिकाको उक्त कदमलाई कानुनविपरीत भन्दै करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ।

उपमहानगरपालिकाले नालाको प्रयोजनका लागि उक्त संरचना हटाइएको जनाएको छ भने विद्यालय प्रशासनले अदालतमा विचाराधीन रहेको विषयमा बल प्रयोग गरी संरचना भत्काइनु गैरकानुनी भएको आरोप लगाएको छ।

विद्यालयका संस्थापक तथा सञ्चालक विद्यामान राज भण्डारीका अनुसार उपमहानगरपालिकाले कुनै ठोस सहमति वा अन्तिम न्यायिक निर्णयबिना नै डोजर प्रयोग गरेर विद्यालयको दक्षिणपट्टि रहेको कम्पाउन्ड पर्खाल, गाडी पार्किङ क्षेत्र, क्रिकेट ग्राउन्ड तथा क्रिकेट अभ्यासका लागि प्रयोग हुँदै आएको नेटसमेत भत्काएको हो। उनले उक्त घटनाबाट विद्यालयलाई करिब एक करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको बताए।

“विद्यालयको सम्पत्तिमाथि बल प्रयोग गरेर डोजर चलाइएको छ। यो कानुनविपरीत मात्र होइन, शैक्षिक संस्थामाथिको अन्यायपूर्ण हस्तक्षेप पनि हो,” भण्डारीले भने, “अदालतमा विचाराधीन विषयमा स्थानीय सरकारले यस्तो हतारोमा बल प्रयोग गर्नु दुःखद् छ।”

भण्डारीका अनुसार विद्यालयले प्रयोग गर्दै आएको उक्त जग्गा २०५२ सालमै विधिवत रूपमा खरिद गरिएको थियो। उनले जग्गा खरिद गरिएको समयमा त्यहाँ कुनै प्रकारको नालाको अस्तित्व नरहेको दाबी गरे। “जग्गा खरिद गर्दा उक्त स्थान खुला थियो। अहिले आएर नालाको नाममा विद्यालयको संरचना भत्काइनु उचित होइन,” उनले भने।

विद्यालय प्रशासनले नाला सम्बन्धी विवाद लामो समयदेखि अदालतमा विचाराधीन रहेको र सो विषयमा अन्तिम निर्णय नआउँदै उपमहानगरपालिकाले बलपूर्वक संरचना हटाउनु न्यायिक प्रक्रियाको अवमूल्यन भएको आरोप लगाएको छ। विद्यालय पक्षले यस घटनाले विद्यार्थीको पठनपाठन वातावरणमा समेत प्रत्यक्ष असर पुगेको जनाएको छ।

डोजर चलाइएपछि विद्यालय परिसर अस्तव्यस्त बनेको छ। भत्काइएका संरचनामध्ये विद्यालयको सुरक्षा घेराका रूपमा रहेको कम्पाउन्ड पर्खाल प्रमुख रहेको छ। त्यस्तै विद्यार्थी तथा अभिभावकका सवारी साधन पार्किङका लागि निर्माण गरिएको क्षेत्रसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको विद्यालयले जनाएको छ। क्रिकेट खेलका लागि निर्माण गरिएको ग्राउन्ड र अभ्यास नेट भत्काइएपछि विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापसमेत प्रभावित भएको विद्यालय प्रशासनको भनाइ छ।

यता नेपालगन्ज उपमहानगरपालिकाले भने सार्वजनिक नाला अतिक्रमण गरिएको गुनासोका आधारमा संरचना हटाइएको जनाएको छ। उपमहानगरपालिकाका स्रोतका अनुसार वर्षायाममा पानी निकासमा समस्या देखिएको तथा सार्वजनिक क्षेत्र अतिक्रमण हुँदा स्थानीय बासिन्दाले समस्या भोग्दै आएको गुनासोपछि डोजर परिचालन गरिएको हो।

उपमहानगरपालिकाले नाला संरक्षण र सार्वजनिक हितका लागि आवश्यक कदम चालिएको दाबी गरे पनि विद्यालय प्रशासनले भने आफूहरूसँग पर्याप्त संवाद नगरी एकतर्फी रूपमा डोजर चलाइएको आरोप लगाएको छ। स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा विगत केही वर्षदेखि नाला सम्बन्धी विवाद रहँदै आएको थियो।

घटनापछि विद्यालय पक्षले कानुनी उपचार खोज्ने तयारी गरेको जनाएको छ। विद्यालय प्रशासनले सम्पत्तिमा पुगेको क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिसमेत माग गर्ने संकेत दिएको छ। “हामी न्यायिक प्रक्रियामा विश्वास गर्छौं। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै बल प्रयोग हुनु लोकतान्त्रिक पद्धतिअनुसार स्वीकार्य हुन सक्दैन,” भण्डारीले बताए।

स्थानीय शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले पनि घटनाप्रति चासो व्यक्त गरेका छन्। उनीहरूले सार्वजनिक संरचना संरक्षण आवश्यक भए पनि शैक्षिक संस्थासँग समन्वय गरेर समाधान खोज्नुपर्ने बताएका छन्। विद्यालयजस्तो संवेदनशील संस्थाको संरचना भत्काउँदा त्यसले विद्यार्थी, अभिभावक र समग्र शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ।

हाल घटनास्थलमा भत्काइएका संरचनाका अवशेषहरू देख्न सकिन्छ भने विद्यालय प्रशासनले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। यस घटनाले स्थानीय तहको अधिकार प्रयोग, सार्वजनिक सम्पत्तिको संरक्षण र निजी स्वामित्वको अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा पुनः बहस सिर्जना गरेको छ।

]]>
https://deepjwala.com.np/%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%ac/feed/ 0
मृत अवस्थामा लोध फेला https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/#respond Sat, 31 Jan 2026 15:01:39 +0000 https://deepjwala.com.np/?p=285

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट भेरी प्राविधिक बाँकेका अनुसार शनिवार माघ १७ गते बिहान करिब ११ः०० बजेको समयमा स्थानीय बासिन्दाले बागेश्वरी नालामा एक व्यक्ति मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचनाको आधारमा अ।प्र।बिट भेरी प्राविधिक बाँकेबाट प्रहरी हवल्दार आतिश खाँको कमाण्डमा ३ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक जिबराज थापा क्षेत्रीको कमाण्डमा घटनास्थल अपराध अनुसन्धान टोलीसहित ५ जनाको टोली पनि घटना स्थलमा पुगेको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा मृतक व्यक्ति नालाभित्र घोप्टो अवस्थामा रहेको र शरीरमा बाहिरी रूपमा देखिने कुनै चोटपटक नरहेको प्रारम्भिक रूपमा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव घटनास्थल मै सुरक्षित अवस्थामा रहेको थियो। घटनास्थल अ।प्र।बिट भेरी प्राविधिक बाँके कार्यालयबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्ने स्थानमा पर्दछ। घटनास्थललाई तत्काल घेराबन्दी गरी सुरक्षाकर्मीहरूले आवश्यक प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएका थिए ।

प्रहरी निरीक्षक जिबराज थापा क्षेत्रीले घटनास्थलमै प्रारम्भिक विवरण संकलन गर्दै घटनाको सूक्ष्म अध्ययन गरिएको जानकारी दिए। उनका अनुसार शवको अवस्था हेर्दा तत्काल बाहिरी चोटपटक नदेखिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुने जनाउनु कासाथै, घटना शंकास्पद हुन सक्ने भएकाले सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनास्थल अपराध अनुसन्धानटोलीले नालाको आसपासको अवस्था, शवको स्थिती, पानीको बहाव, आसपासका सम्भावित प्रवेश तथा निकास बिन्दुहरूको सूक्ष्म अवलोकन गरिनुका साथै, घटनास्थलको फोटोग्राफी, भिडियो र अन्य आवश्यक प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ।

मृतक बाँके जिल्लाको जानकी गाउँपालिका–३ निवासी अन्दाजी ४० वर्ष उमेरका हिरालाल लोध भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलेसँगै परिवारजन तथा स्थानीय जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराइएको थियो।

परिवारजन घटनास्थलमा पुगेपछि मृतक हिरालाल लोध भएको पुष्टि भएपश्चात मृतक केही समय देखि घरबाट बाहिर रहेको र कसरी उक्त स्थानमा पुगे भन्ने विषयमा परिवारले पनि अनविज्ञता समेत प्रकट गरेका थिए ।

प्रहरीले घटनास्थलको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने भएकाले हालसम्म मृत्युको कारणबारे कुनै निष्कर्षमा प्रहरी पुग्न सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या, दुर्घटना वा अन्य कारण हुन सक्ने सबै सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धान अघि बढाइनुका साथै, मृतकको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू, मोबाइल विवरण लगायतका पक्षहरू पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले बागेश्वरी नालाको आसपास क्षेत्रमा यसअघि पनि विभिन्न आपराधिक तथा शंकास्पद गतिविधि हुने गरेको गुनासो गर्दै उनीहरूले नालाको आसपास क्षेत्र खुला र असुरक्षित भएकाले नियमित गस्ती र निगरानी बढाउनु पर्ने माग समेत गरेका छन्।

घटनापछि स्थानीय प्रशासन र प्रहरी संयन्त्रले क्षेत्रको सुरक्षाबारे थप सतर्कता अपनाउने जनाए ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने र आवश्यक परेमा कानुनी कारबाही अगाडि बढाइने भने।

हाल घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतक हिरालाल लोधको मृत्यु रहस्यमय देखिएको भन्दै प्रहरीले सबै नागरिकलाई कुनै पनि सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता छाएको छ भने मृतकका परिवारजन गहिरो पीडामा परेका छन्। प्रहरी प्रशासनले निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/feed/ 0
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a/ https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a/#respond Tue, 20 Jan 2026 11:11:34 +0000 https://deepjwala.com.np/?p=276

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उहाँले आज जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो।

मनोनयन दर्ताका क्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ऐतिहासिक जनयुद्धको उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारीलाई राजनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले जनताको विश्वास र समर्थनका आधारमा परिवर्तन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रुकुम पूर्वका सहिद परिवार, घाइते तथा अपाङ्ग नागरिकहरूबाट निरन्तर सहयोग र समर्थन पाएको भन्नु भयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले क्षेत्रीय विकास, समावेशिता र जनताको जीवनस्तर उकास्ने एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने उहांले जानकारी दिनुभयो ।

]]>
https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a/feed/ 0
बिदाको अवसरमा मन्त्री धिसिङद्वारा सडक र पुलहरुको निरीक्षण https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a7%e0%a4%bf/ https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a7%e0%a4%bf/#respond Thu, 02 Oct 2025 12:28:50 +0000 https://deepjwala.com.np/?p=236

काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्लेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिनुभयो ।

उहांले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाए ।

सङ्घीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी समे्त लिएका हुन ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने भन्दै उहांले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन समेत दिनुभयो ।

]]>
https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a7%e0%a4%bf/feed/ 0
पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जना बरिष्ठ नेताहरुलाई विदेश भ्रमणमा रोक https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%b2/ https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%b2/#respond Sun, 28 Sep 2025 15:01:41 +0000 https://deepjwala.com.np/?p=233

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनानेताहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख रहेको छ।

आयोगका अनुसार भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार समेत गरिएको छ ।

यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनकालागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख रहेको छ।

]]>
https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%b2/feed/ 0
नेपालगञ्जको आर्थिक बर्ष २०८२÷८३ को लागि १ अर्व भन्दा बढीको बजेट पारित https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/ https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/#respond Sun, 13 Jul 2025 13:58:03 +0000 https://deepjwala.com.np/?p=180

नेपालगञ्ज ः नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट पारित गरेको छ ।

नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित गरेको छ ।

सभा अध्यक्ष एवम् मेयर प्रशान्त विष्टले बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२÷८३ को वार्षिक राजश्व र व्ययको अनुमान
(बजेट) स्वीकृतिका लागि पेश गरेका थिए ।

त्यसअघि नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

नेपालगञ्ज १४ भवानियापुर स्थित नेपालगञ्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्वीकृतिकालागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरूसमेत अनुमोदन गरेको छन । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को मलेप प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो ।

बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी सभाका उपाध्यक्ष एवम् नगर उप–प्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि बजेट पेश गरेका थिए । राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय–व्यय विवरण पेश गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/feed/ 0
संजिवनी अस्पताल खारेज गर्न पूर्वमन्त्री रत्न खत्रीको माग https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/ https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/#respond Sat, 12 Jul 2025 14:57:46 +0000 https://deepjwala.com.np/?p=167

नेपालगञ्ज ः लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद तथा प्रदेश सरकारका पूर्व मन्त्री रत्न खत्रीले नेपालगञ्जमा सञ्चालनमा रहेको संजिवनी अस्पतालको खारेजीको माग गरेका छन् ।

सामाजिक संजाल मार्फत सांसद खत्रीले अस्पताल खारेजीको माग गरेका हुन् ।

उनले संजिवनी अस्पतालले गरेको ठगी र अबैधानिक क्रियाकलामा आफ्नो इथिक्सले टुलु टुलु हेर्न नमिल्ने उल्लेख गर्दै अस्पतालको अबैध क्रियाकलाप बिरोध गर्दा जस्तोसुकै चुनौतीको सामन गर्ना तयार रहेको समेत जनाए ।

अस्पताल अवैध सञ्चालनमा रहेको आरोप लगाउँदै पूर्वमन्त्री खत्रीले अस्पतालको अवैध सञ्चालनका केही बुँदाहरु समेत उल्लेख गरेका छन् । उनले
संजिवनी अस्पतालले ठगी धन्दा चलाइ रहेको आरोप लगाउँदै अस्पताल अनुमति बिना संचालनमा रहेको जनाए । उहांले संजिवनी कलेज अफ मेडिकल साईन्सेस (साबिक नेपालगञ्ज हस्पीटल रिसर्च एण्ड ट्रेनिग सेन्टर) स्वास्स्थ्य सेवा नियमावली २०७७ को ब्यावस्था अनुसार खारेज भएको खारेजीमा रहेको समेत जनाए ।

खत्रीले अस्पतालको लागि प्रति शैया ५५ स्क्वायर मिटर जग्गा चाहिने भएपनि अस्पताल मापदण्ड भन्दा कम जग्गामा सञ्चालनमा रहेको उहांको भनाई थियो । ‘अस्पतालको लागी प्रति शैया ५५ स्वायर मिटर जग्गा चाहिन्छ, यो हिसाबले १०० शैया को अस्पताल चलाउन लाई १७ कट्ठा जग्गा चाहिन्छ, चाहिने जति जग्गा संजिवनी संग छैन र पुर्बाधार पनि नरहेको बताए ।

अहिले अबैधानिक तरिकाबाट मेडिकल कलेजको जग्गा तथा बिल्डिगमा अस्पताल संचालन रहेको छ । अस्पताल सञ्चालन गर्दा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र गर्नु पर्छ तर कुनै पनि निकायबाट अनुमति नलिएको खत्रीको भनाई रहेको छ ।

सांसद खत्रीले संजिवनीले कुनै पनि निकायबाट अस्पताल संचालनको अनुमति नलिएको दाबी गर्दै अस्पताल संचालन गर्न २०० बेडसम्म प्रदेश बाट र २०० बेड भन्दा माथी संघबाट अनुमति लिनु पर्ने जनाए् । उहांले बाहिर संजिवनीको बोर्ड लगाए पनि भित्र सबै कारोबार नेपालगञ्ज मेडिकल कलेजको नाममा हुदै आएको बताए ।

‘अहिले नेपालगञ्ज हस्पिटल ट्रेनिग एण्ड रिसर्च सेन्टरले २०५३ मा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट १०० शैयाको अस्पतालको अनुमति लिएको प्रमाण पेश गरेका छन्, तर त्यसपछि त्यसको नबिकरण भएको छैन । जब कि नबिकरण नभए त्यो अस्पताल खारेज हुने ब्यावस्था रहेको बताए ।

जनस्वास्थ्य ऐन २०७५ को दफा २१,२२,२३ ब्यावस्था र स्वास्थ नियमावली २०७७ को नियमले पहिला अनुमति लिएर संचालित अस्पतालले नियमावली लागु भए पछि नियमावली अनुसारको मापदण्ड पुरा गरि वढीमा ६ महिना भित्र नबिकरण गर्नु पर्ने अन्यथा दर्ता खारेज हुने भन्ने ब्यावस्था रहेको भन्दै
सोही ब्यावस्था अनुसार नबिकरण नभएको हुदा नेपालगञ्ज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर खारेज भएको छ ।

उहांले सामाजिक संजाल मार्फत भनेका छन्, ‘जनस्वास्थ्य ऐन २०७५ ,स्वास्थ्यसेवा नियमावली २०७७ ,स्वास्थ्य संस्था संचालन निर्देशिका २०७८ लुम्बिनी प्रदेश स्वास्थ्य संस्था स्थापना,संचालन, नबिकरण र स्तरोन्नति गर्न बनेको ऐन २०७६ र प्रदेश स्वास्थ्य संस्था स्थापना संचालन, नविकरण तथा स्तरउन्नती नियमावली २०७७ ले गरेको ब्यावस्था बिपरित अबैधानिक हिसाबले अनुमति नलिई अस्पताल सञ्चालन गर्न खोजेको अवस्था रहेको बताए ।

खत्रीले संजिवनी (साबिक नेपालगन्ज हस्पीटल ट्रेनिग एण्ड रिसर्च सेन्टर) अबैधानिक रहेको जनाएका छन् । हालसम्म अस्पताल दर्ता र भौतिक पुर्बाधार अन्तर्गत अहिले जग्गा नपुग्ने हुदा दर्ता पनि हुने नहुने तर्क गर्दै उहांले गैरकानुनी रूपमा बोर्ड राखी संचालन भई रहेको संजिवनीको सम्पुर्ण प्रक्रिया रोक्ने र खारेज गर्न माग गरेका छन् ।

सांसद खत्रीले लगाएको आरोप सम्बन्धमा प्रतिक्रियाकालागि फोन गर्दा संजिवनी अस्पतालका सिओओ डा.नितेश कनोडिया भने सम्पर्ककमा आउन चाहेनन ।

]]>
https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c-%e0%a4%97%e0%a4%b0/feed/ 0
नयाँ मिडियालाई आमसञ्चारको रुपमा स्वीकार गर्नुपर्छ ः झाँ https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ae%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ae%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95/ https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ae%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ae%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95/#respond Sun, 06 Jul 2025 15:56:14 +0000 https://deepjwala.com.np/?p=134 नेपालगञ्ज ः नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेले आइतवार विहान महासंघ कार्यालय नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) मा आयोजना गरेको ‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलि रहेको परिप्रेक्ष्यमा पुस्तान्तरणको मनोभावनालाई आत्मसाथ गर्दै नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

झाले नयाँ प्रविधि र विकासक्रममा अद्यावधिक हुँदै पत्रकारहरुले आफूलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर्घुलनले मात्रै पत्रकारिता फस्टाउन सक्ने भन्दैे लेखाईको प्रबृत्ति र तरिकामा बदलाब आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष झाले पत्रकारितामा सत्यता, सन्तुलन, महसुसीकरण र गल्ती सच्याउने चेत आवश्यक रहेको बताए । बरिष्ठ पत्रकार झाले आमसञ्चारमा पृष्ठपोषणको संयन्त्र नभएका कारण पत्रकारितामा समस्या आएको जिकिर गरे । उनले पृष्ठ पोषणको संयन्त्रले मात्रै पत्रकारितालाई थप जिम्मेवार र जवाफदेही बनाउने धारणा ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरज
गौतम, झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरु कृष्ण अधिकारी, शरण कर्माचार्य, कमल खत्री, पवन जयसवाल,चेतकान्त भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ae%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%ae%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95/feed/ 0