धर्म/ समाज – Deep Jwala https://deepjwala.com.np Local News Sat, 06 Jun 2026 15:00:08 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 जानौं मंगलसूत्रमा कालो मोतीको महत्त्व ? https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/ https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/#respond Sat, 06 Jun 2026 15:00:07 +0000 https://deepjwala.com.np/?p=340 ज्योति साह

मङ्गलसूत्रलाई वैवाहिक जीवन र प्रेमको सबैभन्दा ठुलो प्रतीक मानिन्छ ।सामान्यतया,महिलाहरूले सुनमा कालो मोती भएको मङ्गलसूत्र लगाउँछन् ।

यससँगै मनमा प्रश्न उठ्छ कि मङ्गलसूत्रमा कालो मोतीको महत्त्व के हो र किन यसलाई प्रायः सुनमा लगाइन्छ ।

हिन्दू धर्ममा मंगलसुत्रको विशेष महत्त्व छ । विवाहमा सात चक्कर लिँदा दुलहाले दुलहीको घाँटीमा मङ्गलसूत्र लगाउँछन् र त्यहाँबाट नयाँ जीवन सुरु हुन्छ ।

मङ्गलसूत्रलाई प्रेमको प्रतीक पनि मानिन्छ र तपाईँले देख्नु भएको हुनुपर्छ कि सामान्यतया कालो मोती भएको मङ्गलसूत्र लगाइन्छ र यसको मोती धेरै मानिसहरूले सुनमा लगाउँछन् ।

यस्तो अवस्थामा मनमा प्रश्न उठ्छ कि कुनै पनि शुभ कार्यमा कालो रङ प्रयोग गर्नु राम्रो मानिँदैन भने मङ्गलसूत्रमा कालो मोती किन हुन्छ ?

मङ्गलसूत्रको महत्व ः धार्मिक मान्यता अनुसार मङ्गलसूत्र प्रेमको प्रतीक हो । उही समयमा,यसमा कालो मोतीहरूले खराब दृष्टिको प्रभावलाई कम गर्दछ । यसैकारण कालो मोती भएको मङ्गलसूत्र लगाइन्छ ।
यी मोतीहरूसँग सम्बन्धित धेरै कुराहरू छन् जसले वैवाहिक जीवनमा मात्र सौभाग्य ल्याउँछ । मङ्गलसूत्रले पति–पत्नीबिचको प्रेम कायम राख्छ र समस्या पनि हटाउँछ भन्ने विश्वास गरिन्छ ।

मङ्गलसूत्रमा कालो मोती किन लगाइन्छ ? ज्योतिष विशेषज्ञ डा मधु प्रिया मङ्गल सूत्रमा कालो मोतीहरू सुरक्षाको कारक भएको बताउँछन् । तिनीहरूले पति र पत्नीको सम्बन्धलाई सबै प्रकारका दुष्ट र कालो आँखाबाट बचाउँछन् ।

त्यसैले मङ्गलसूत्रमा कालो मोती राख्नु शुभ मानिन्छ । यो पनि भनिन्छ कि यी मोतीहरूले पतिको रक्षा गर्छन् र महिलाहरूका लागि एक प्रकारको सुरक्षा कवचको रूपमा काम गर्छन् ।
मङ्गलसूत्रलाई प्रेमको प्रतीक मानिन्छ । पति र पत्नीबिच सधैँ प्रेम र आपसी समझदारी होस् भनेर यो आयोजित गरिन्छ यसलाई अन्य गहनासँग तुलना गर्न सकिँदैन ।
सामान्यतया,महिलाहरूले सुनको चेनमा कालो मोती लगाउँछन् र यसलाई मङ्गलसूत्रको रूपमा लगाउँछन् । यो पनि धेरै महत्त्वपूर्ण छ ।
ज्योतिष विज्ञहरूका अनुसार सुन देवी लक्ष्मी र भगवान बृहस्पतिको प्रतीक हो जब महिलाहरूले सुनमा कालो मोती हालेर मङ्गलसूत्र लगाउँछन्, यसले सिधै हृदय चक्रलाई छुन्छ । यसबाट पति–पत्नीको सम्बन्धमा मिठास आउने छ ।

शनि र गुरुको सकारात्मक प्रभाव ः सुनको चेनमा कालो मोती बाँधेर मङ्गलसूत्र लगाएर गुरु र शनिको शुभ प्रभाव वैवाहिक जीवनमा पर्छ । किनभने, सुनलाई बृहस्पति ग्रहसँग सम्बन्धित मानिन्छ र कालो मोतीलाई शनिको प्रतीक मानिन्छ । यसैले यो मङ्गलसूत्र लगाउनु धेरै शुभ मानिन्छ । यसो गर्नाले वैवाहिक जीवनका बाधाहरू दूर हुन्छन् र पति–पत्नीको सम्बन्धमा सधैँ शान्ति र प्रेम रहन्छ ।
यद्यपि, यदि तपाईँ सुन लगाउन सक्नु हुन्न भने,यसलाई धागोको माला वा रातो वा पहेँलो जस्ता शुभ रङका मोतीहरूमा पनि लगाउन सकिन्छ । यसबाट वैवाहिक जीवन सुखमय हुनेछ ।

]]>
https://deepjwala.com.np/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%b8%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae/feed/ 0
सबील–ए–मोला अलीको अवशरमा शीतल पेय वितरण https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/#respond Fri, 05 Jun 2026 09:26:37 +0000 https://deepjwala.com.np/?p=333 सैयो भन्दा बढीले ग्रहण गरे शीतल पेय जल

नेपालगञ्ज, । बांकेको नेपालगन्ज वा.न..२२ स्थित किंगरियान पूर्वामा “सबील–ए–मोला अली” को अवशरमा शक्रिय सहयोग संस्थाद्वारा शुक्रवार शीतल पेय वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गर्मी मौसममा सर्वसाधारणलाई राहत प्रदान गर्नुका साथै मानव सेवा र सामाजिक सद्भावको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सयौँ स्थानीय बासिन्दा तथा आगन्तुकहरूले शीतल पेय जल ग्रहण गरेका थिए।

इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको १८ जुल्हज्जको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम ईद–ए–गदीरको स्मृतिसँग जोडिएको आयोजक डा.जैनुल ओवेदीनले जानकारी दिनुभयो ।

इस्लामिक इतिहास अनुसार यही दिन पैगम्बर हजरत मोहम्मद ९स।अ।व।० ले गदीर–ए–खुममा ऐतिहासिक सम्बोधन गर्नु भएको थियो, जहाँ हजरत अली ९अ।स।० सम्बन्धी महत्वपूर्ण घोषणा गरिएको उल्लेख पाइन्छ। मुस्लिम समुदायले यस दिनलाई नेतृत्व, न्याय र आध्यात्मिक मार्गदर्शनको प्रतीकका रूपमा स्मरण गर्ने गर्दछ।

सोही ऐतिहासिक तथा धार्मिक महत्वलाई आत्मसात गर्दै आयोजित “सबील–ए–मोला अली” कार्यक्रम मार्फत सर्वसाधारणलाई निःशुल्क शीतल पेय वितरण गरिएको थियो । आयोजक समितिका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, आपसी सहयोग, सामाजिक एकता तथा सद्भावको सन्देश प्रवाह गर्नु रहेको भन्नुभयो ।

कार्यक्रममा विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सक्रिय सहयोग संस्थाका सचिव डा। जैनुल आबेदिन, रहेका थिए भने अतिथीका रुपमा मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष नूर मोहम्मद अन्सारी, राहिल किंगरियान, कमर अली, नेपाली किंगरियान, वडा नं. २२ का वडा सदस्य राजिया किंगरियान तथा दीपज्वाला दैनिकका प्रकाशक एवं प्रधान सम्पादक दिनेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।

अतिथिहरूले यस्ता कार्यक्रमहरूले समाजमा सेवा, सहिष्णुता र भाइचाराको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे । उनीहरूले धार्मिक तथा सामाजिक मूल्यलाई व्यवहारमा उतार्दै मानव सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले गर्मी मौसममा आयोजित शीतल पेय वितरण कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आयोजक समितिप्रति धन्यवाद व्यक्त गरेका थिए। आयोजक समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

मानवतावादी सोच, सामाजिक सद्भाव र धार्मिक मूल्यहरूको संरक्षण गर्दै सम्पन्न भएको “सबील–ए–मोला अली” कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाई थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%80%e0%a4%b2-%e0%a4%8f-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b6%e0%a4%b0%e0%a4%ae%e0%a4%be/feed/ 0
हडियाबाबा मन्दिर नजिक फोहर थुपारिदा स्थानीयवासीहरुले जनाए आपत्ति https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/ https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/#respond Thu, 28 May 2026 04:29:58 +0000 https://deepjwala.com.np/?p=315 दयाराम यादव (अहिर)

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–६ रामनगर स्थित हडिया बाबा मन्दिर नजिक सार्वजनिक आवत–जावत गर्ने सडक छेउमा फोहोर थुपारिएको विषयलाई लिएर स्थानीयवासीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

मन्दिरको कम्पाउन्ड साइडमा दैनिक रूपमा फोहोर फालिने क्रम बढेपछि स्थानीय बासिन्दा, धार्मिक आस्थावान नागरिक तथा सर्वसाधारण चिन्तित बनेका छन ।

स्थानीयका अनुसार सार्वजनिक बाटोमै जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएको छ भने त्यसले वातावरणीय तथा स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने भनि चिन्ता व्यक्त गर्दै बिहान–साँझ मन्दिरमा पूजा गर्न आउने भक्तजन, विद्यालय जाने बालबालिका तथा दैनिक हिँडडुल गर्ने सर्वसाधारणहरुसमेत यसबाट प्रत्यक्ष रुपमा प्रभावित हुने गरेका गुनासो पोख्दै भने ।

स्थानीयवासीले कसले र किन यस्तो फोहोर ल्याएर सार्वजनिक स्थलमा थुपारि रहेको हो भन्ने विषयमा सम्बन्धित निकायले चासो नदिएको आरोप लगाउदै लामो समयदेखि समस्या दोहोरि रहे पनि समाधानका लागि कुनै प्रभावकारी कदम नचालिएको भन्दै स्थानियहरुले सम्वन्धित निकाय प्रति आक्रोससमेत पोखेका छन ।

“सार्वजनिक बाटोमै फोहोर थुप्रिँदा हिँडडुल गर्नसमेत समस्या भएको छ । दुर्गन्धका कारण साँझ–बिहान मन्दिरमा पूजा गर्न जानसमेत कठिनाई भइ रहेको छ,” एक स्थानीयले गुनासो समाचारदातासंग गुनासो पोख्दै भने स्थानीयहरूले फोहोर व्यवस्थापनमा सम्बन्धित निकायको लापरवाही देखिएको भन्दै वडाका जनप्रतिनिधिहरू जनस्वास्थ्य र सरसफाइ जस्तो संवेदनशील विषयमा मौन बसेकाले असन्तुष्टि व्यक्त गरेका छन् ।

चुनावका बेला जनताको घरदैलोमा पुगेर विभिन्न प्रतिबद्धता जनाउने जनप्रतिनिधिहरू अहिले टोलको आधारभूत समस्या प्रति बेवास्ता गरि रहेको आरोप लगाउदै भने जनप्रतिनिधिहरूसँग भोट माग्ने बेलासम्म मात्र सम्बन्ध सीमित भएको हो कि भन्ने प्रश्नसमेत गर्दैै सरसफाइ, सार्वजनिक स्वास्थ्य र धार्मिक स्थलको संरक्षण जस्ता विषयमा वडा कार्यालयले तत्काल पहल गर्न आवश्यक रहेको भनि जोडदार माग समेत गरेका छन ।

यस्तै अर्का स्थानीयले फोहोरको उचित व्यवस्थापन नहुँदा बढदो तापक्रमको अवस्थालाई हेर्दा रोग संक्रमण फैलिन सक्ने खतरा पनि बढेको स्थानीयको भनाइ रहेको रहेको छ ।

खुला रूपमा फोहोर थुपारिँदा झिँगा,किराफट्याङ्ग्रा र दुर्गन्ध फैलिने भएकाले त्यसले बालबालिका,वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्थानीयले तत्काल फोहोर हटाएर नियमित सरसफाइको व्यवस्था गर्न तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिमाथि निगरानी र कारबाही गर्न माग गर्नुका साथै,धार्मिक आस्था जोडिएको मन्दिर क्षेत्रको स्वच्छता कायम राख्न वडा कार्यालय,स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थानीयहरुले सरसफाइ केवल सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको उल्लेख गर्दै टोलवासीहरुलाईसमेत सचेत र जिम्मेवार बन्न आग्रह गरे ।

]]>
https://deepjwala.com.np/%e0%a4%b9%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%ab%e0%a5%8b/feed/ 0
पुलावलाई खीर बनाउन त कसरी सकिइला र https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/ https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/#respond Thu, 28 May 2026 03:54:36 +0000 https://deepjwala.com.np/?p=313 –अयोध्या प्रसाद श्रीवास्तव

 बालेन्द्र सरकारले २०७२ को संविधान संशोधनकोलागि गठन गरेको कार्यदलले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय, सिंहदरबारमा सात दिन भित्र सुझाव पठाउनु भनि इमेल र वाट्सप नम्बर सहित मिति २०८३।२।८ मा सूचना जारी गरेको छ । यद्धपि यो सरकारले अहिले सम्म गरेका कार्यहरुलाई हेर्दा संविधानमा संशोधनको यो काम पनि देश र जनताको हितमा नै हुने होला भन्ने सोंचनु गलत त हुँदैन तर २०७२ को संविधान जारी गर्ने प्रमुख नेताहरुको आ आफना अलग अलग स्वार्थ र विदेशीहरुको चलखेलमा राष्ट्र्यि एकता र राष्ट्र्हितको खासै वास्ता नगरेर लेखिएको संविधानमा संशोधनले मात्र काम चल्ने देखिदैन । आमूल परिवर्तन नै आवश्यक देखिन्छ । 

(क) नेपाल जस्तो भौगोलिक कठिनाई रहेको अतीव दुर्गम गिरि कन्दरामा रहेका अशिक्षित र संचारसुविधा विहीन मानवबस्तीलाई पनि शासनमा आफनो अभिमत राखन त्यत्तिकै अधिकार हुन्छ जति काठमाण्डौमा रहेका शिक्षा सचिव या संचार सचिवलाई छ । तर यो सूचनाले त्यस्ता आम जनतालाई नागरिक नै गनेन । यसले विशेष सुविधा सम्पन्न र शिक्षितमा अभिमतको अधिकार सीमित गरेकोले सरकारलाई अभिजाततन्त्रको दोष लाग्न सक्दछ । सरकारले स्थानीय या केन्द्रिय संयन्त्रहरु परिचालन गरेर उचित समय दिएर जनताको सुझाव संकलन गर्नु पर्दछ ।
(ख) २०७२ को संविधानको प्रस्तावनाले नै हत्या हिंसा, लूट र विध्वंश आदि कामलाई मान्यता दिएको छ । तर प्रजातन्त्रले शान्ति, सुरक्षा, सद्भाव, दया, माया, प्रेम, स्वस्थ प्रतिष्पर्धा र (१) सहयोगी र समतामूलक समाजको अपेक्षा गर्दछ । 

(ग) नेताहरुले आफनो पहिचान र वर्चश्व बनाउने स्वार्थमा राजनीतिक ठूलो परिवर्तनलाई नै सफलता माने र नेपाली माटोको सुगंध, धर्म, संस्कृति, विचार, नीति, अध्यात्मिक र राजनीतिको समन्वयात्मक व्यवहार र व्यवस्थाले गर्दा आदिकालदेखि स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देश कायम रहन सफल रहेको सत्यलाई बिरसेर, धार्मिक भावना र राजतन्त्रसंग खेलवाड गरेका छन् । धार्मिक विद्वेशले गाउँहरुमा पनि कफर््यू लागने गरेको सत्य आँखा खोलेर हेर्ने हो  भने देखिन्छ । 

(घ) राजतन्त्र हटाउने भन्ने कुरा केही शक्तिशाली नेताहरुको बीचको निजी सहमति थियो । तर जनतालाई सुइको नै दिइएन । जनमत संग्रह नै नगराइएको र २०७२ मा संविधान निर्माणको समयमा जनताको लिखित अभिमत व्यक्त भएका कागज पढदै नपढेर निरंकुश तानाशाही प्रवृत्तिमा संविधान लेखन र घोषणा भएको थियो । ती लिखित अभिमत सिंह दरबारमा कुनै बोरामा बन्द होलान्, तिनलाई पढनु र सार्वजनिक गर्नूृ पर्दथ्यो । गर्नु पर्दछ । जनताको रायलाई महत्व नदिएर धर्मनिरपेक्ष लेखिएकोले पूर्ववत् (२) धर्मसापेक्ष हिन्दू अधिराज्य का साथै कुनै कुनै कुरा छलफलमा नै नआएको आफूहरुले मात्र निर्णय गरेर संविधानमा राखेकाले (३) संवैधानिक राजतन्त्र सोझै पूर्ववत् स्थापित हुनु पर्दछ । त्यत्तिकै हटाइएकोले पुनसर््थापना गरेर गलती सच्याउने सम्मको काम हो। यस्तोमा जनमत बुझी रहनु नै किन ?

(ङ)संविधानमा प्राकृतिक असमानताको पनि कुरा त्यागेर समानताको मात्र कुरा गरेर स्वदेशी लाई विदेशी घोषित गरे र विदेशीलाई रजगज गर्ने ठाउँ बनाएका छन् । यस कारण (४)एक पटकको नागरिक सँधेको नागरिक रहनु पर्दछ ।

(च) निर्धनता र अशिक्षाका कारण राज्यमा आफनो हक अधिकार प्राप्त गर्ननसकने, पछौटेपन तथा भेदभावको शिकार भएका गरीबीको रेखा मुनि रहेकाहरुको जीवन उकासनलाई जातीय होइन (५)वर्गीय आधारमा आवधिक योजना अंतरगत विशेष सुविधा र आरक्षण आदि उचित तरीका अपनाउने कुरा संविधानमा उल्लेख हुनु पर्नेमा स्वयं आफैले अंगीकार गरेको कम्युनिष्ट विचारका विपरीत जातीय आधारमा आरक्षण र प्रमुख पदहरुमा दलीय भागबण्डा – धन, शक्ति र पदको वितरण गरेर जे काममा जहाँपनि अंतमा राजनीतिक दल र शक्तिशालीले मात्र लाभ पाउने समस्त संविधानको मूल रक्त संचार प्रणाली र ढाँचा नै दूषित रहेकोले संशोधनमा कुन कुन ठाउँमा मलम लगाउनु हुन्छ ? संविधान का तमाम धारामा संशोधनै संशोधन गर्नाले संविधान कुरुप र कुराहरु बाझिने खतरा हुन सक्दछ ।

(छ ) अहिले २०७२ को संविधानमा संशोधन गर्न भनिएको छ तर संशोधनको अर्थ कुनै मिल्दोजुल्दो प्रकृतिका काम कुरामा दुई चारवटा कुरा थपघट गर्ने हो । नमिल्दो प्रकृतिको कुरामा संशोधन कसरी सम्भव होला ? मानिसको खराब कुनै अंगको प्रत्यारोपण गर्दा मानिसको अंग चाहिन्छ बाघ भालुको अंग लाग्दैन । सम्पूर्ण संविधान दलीय स्वार्थको भागबण्डा र हितमा भएकोले विशुद्ध प्रजातान्त्रिक कुराहरु त्यसमा कसरी मिसाउन बन्ला रु कति धेरै धाराहरु काटपीट गर्नु पर्छ होला ?

  एक उदाहरण द्वारा बुझने प्रयाश गरौं । एक घरमा एक नया भान्से आएछ र पाकशालाको आफनो प्रवीणता देखाउनलाई पुलाउ पकाउनलाई हतपत कसौडी बसालेछ र कसौडीमा घिउ, चामल, मासु, मसला नून तेल का साथै आपूmलाई मन पर्ने भाजीको साग र च्याऊ पनि हालेछ । त्यत्तिकैमा मालकिनी भित्र आई छन् र अचम्मको पुलाव पाक्नलागेको देखी छन् र नया आएकी बुहारीेलाई डाकेर यस्तो पुलाव त खाइँदैन, बरु खीर सबैले खान्छन् खीर पकाउ भनिछन् । 
 बुहारीले चामल, दुध, चीनी, सुखा मेवा,किसमिस , ल्वाँग, अलैची,आदि थालमा जम्मा पारेर भाँडो र चुल्हो एउटै छ, साग पनि हालेको अचम्मको पुलाव पाक्दैछ यसबाट कुन वस्तु कसरी झिकेर अलग गर्ने होला ? र त्यसै भाँडामा मा खीरको सामग्री कसरी पकाउने होला  नया घर । सासुले लिएको परीक्षा पो हो कि ? भनेर सोची छन् र खीरको सब सामग्री त्यही पुलावमा मिसाई दिएपछि अन्तमा पुरै खाना फालाफाल भएछ । 

  ठिक त्यस्तै २०७२ को संविधानमा केही कुरा धेरै राम्रा छन् तर साग जतिसुकै राम्रो भएपनि पुलावमा मिसिएछ । यस्तै पुलाव राम्रो चीज हो तर दूध चीनी पनि मिसिएछ र खीर जति राम्रो भएपनि मासु र मसला मिसिएपछि के गर्ने ? राम्रा चीजहरुको आपसी संयोजन पनि त मिल्नु पर्यो । नमिल्दो संयोजन भएमा अंतमा फाल्नै पर्छ ? तसर्थ देशको आत्मा र स्वभावसंगै मेल नखाने आधारभूमिमा लेखिएको प्रचण्डपथको संविधान २०७२ लाई पूर्णतया खारेज गरेर नेपाली मनको वैदिक सनातन धर्म र संवैधानिक राजतन्त्रलाई आधारभूमि दिएर संविधान पुनरलेखन गर्नू पर्दछ या उसबेला सबैले उत्कृष्ट भनेकै २०४७ को संविधान जनपथ हो, यसलाई पुनर्जीवित गर्नु पर्दछ । 

  वैदिक सनातन हिन्दू धर्म जस्ता शव्दमा शंका गर्नु यस कारण उचित होइन कि  वैदिक भनेको एक कालखण्ड हो जसमा विश्वको सबभन्दा पुरानो पुस्तक ऋग्वेद लेखियो र त्यो समयको निक्र्योल वैज्ञानिकहरुले आजसम्मगर्नै सके छैनन् यस करण अति प्राचीनकाललाई वैदिक भनिन्छ । सनातनको अर्थ जो हिजो थियो, जो आज छ र भोली पनि रहने छ , अर्थात जो नित्यअर्थात उहिलेदेखि अनन्तकालसम्म,अपरिवर्तनीय,असंशोधनीय,र जो सदैव नवीन छ । आत्मा, ईश्वर या ब्रह्म, परम सत्य, आदि लाई सनातन भनिन्छ र उहिलेका अरबहरुले आफनो उच्चारणमा सिन्धलाई हिन्द भन्ने गरेकोले सिन्धु नदीको पूर्वी क्षेत्रका समस्त निवासी, जोसुकै होउन मानव समुदायलाई भनिन्छ । साथै  हिन्दू भनेको कुनै पंथ होइन, र धर्म भनेको, धारयेत इति धर्म अर्थात त्यो जो धारण गर्न लायक छ अर्थात मानवीय कर्तव्य । यस कारण प्राचीनकालदेखि अनंतकाल सम्म, एक समान, नित्य, कुनै आस्थामा रहेकाहरुले मानने गरेको आचरण या व्यवहार र मानवीय कर्तव्य निर्वाह गर्ने मानिसहरुको समुदाय । यो भन्दा विवादरहित अरु शव्दावली के नै होला ? 
                     (लेखक पूर्व प्रशासनिक अधिकृत, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता अधिवक्ता हुन् ) 

]]>
https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%80%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80/feed/ 0
महिलालाई लक्षित गरी काम थाल्नु प्रशंसनीय कदम ः अध्यक्ष चौधरी https://deepjwala.com.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%a5/ https://deepjwala.com.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%a5/#respond Sun, 16 Nov 2025 15:45:06 +0000 https://deepjwala.com.np/?p=272 नेपालगन्ज । बादी समुदायको वर्तमान अवस्था र सरोकारवालाको भूमिकाबारे मर्यादाकालागि महिला आवाज नामक संस्थाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम आइतवार नेपालगन्ज स्थित स्वातिक कटेजको सभाकक्षमा सम्पन्न भएको छ ।

समाजमा पछाडि पारिएका तथा बहुपक्षीय समस्याबाट ग्रस्त बादी समुदायका मुद्दालाई उजागर गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजित गरिएको संस्थाद्वारा जानकारी हुन आएको होे ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी रहेका थिए भने अतिथीका रुपमा क्रमशः संस्थाकी अध्यक्ष बसन्ती नेपाली,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उप–महानगरपालिकाको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख,गैरसरकारी संस्था प्रतिनिधि गणेश भट्टराई, समाज सुधार नेपालका अध्यक्ष प्रमेश रेग्मी दलित महिला संघकी प्रतिनिधि दिलिसा गौतम लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले एक विशेष समारोहका बीच संस्थाको उद्घाटन गर्दै बादी समुदाय विशेष गरी महिलालाई लक्षित गरी काम थाल्नु प्रशंसनीय कदम भएको भन्नु
भयो ।

अतिथी तथा सरोकारवालाले नवगठित संस्था मर्यादाकालागि महिला आवाजलाई सफलताको शुभकामना दिँदै बादी समुदायको समस्या समाधानमा संस्थाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
मनतव्य दिने क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीले बादी समुदायको हक–अधिकार र सामाजिक न्यायको विषयमा संस्थाले उठाउने कदम प्रति पत्रकार समाजको साथ र सहयोग रहने बताउँदै संस्थाको सफलता तथा प्रगतिका लागि शुभकामना दिनुभयो ।

कार्यक्रमका वक्ताहरूले बादी समुदाय अझै पनि शिक्षा,स्वास्थ्य, आवास,रोजगारी र सामाजिक पहिचान जस्ता आधारभूत अधिकारहरूबाट पर्याप्त लाभान्वित हुन नसकेको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी निकायले सहकार्य गर्दै दीर्घकालीन योजना सहित अगाडि बढ्नुपर्नेमा कार्यक्रममा उपस्थित वक्ताहरुले जोड दिएका थिए ।

विशेषगरी महिलाले भोग्दै आएका हिंसा,विभेद,बेरोजगारी तथा सामाजिक बहिष्कारका मुद्दामा संस्थाले प्रभावकारी रूपमा आवाज उठाउनु पर्ने वक्ताहरुले जोड दिइएका थिए ।

अन्तरक्रियाले बादी समुदायको वास्तविक अवस्था पहिचान गर्दै भावी कार्ययोजना बनाउन मद्दत गर्ने आयोजकले विश्वास लिईएको संस्थाकी अध्यक्ष नेपालीको भनाई थियो ।

कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि,पत्रकार तथा सरोकारवाला सहित करिब ३५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन हेमराज भट्टले निर्वाह गरेका थिए भने कार्यक्रमको समापन संस्थाकी अध्यक्ष बसन्ती नेपालीले गरकी थिईन ।

]]>
https://deepjwala.com.np/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%a5/feed/ 0
बिजयको प्रतिक स्वरुप गराइयो रावणको बध https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%97%e0%a4%b0%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%97%e0%a4%b0%e0%a4%be/#respond Thu, 02 Oct 2025 12:57:37 +0000 https://deepjwala.com.np/?p=239 यदुराज मिश्र

नेपालगञ्ज । बाँकेको नेपालगन्ज स्थित रामलिला मैदानमा बिहविार विजयादशमीका दिन रावण वध उत्सव कार्यत्रमको आयोजन ागरी रावध बध गरिएको छ ।

बाँकेको नेपालगञ्ज मात्र नभई डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा पनि रावण बध कार्यक्रममो आयोजना गरी रावण बध गरिएको थिायो ।

परापूर्खाकाल देखी विजयादशमीका दिन श्रीरामले असुर रावणको संघार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ ।

विजयादशमीको दिन साँझको बेला दशानन अर्थात (दश टाउको भएकों) रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा रही आएको छ ।

यसका लागि नेपालगञ्जको रामलीला मैदानमा रावणको पुतला बनाइएको सनातनी संस्कृतिका जानकार विष्णु कुमालले समाचारदातासंगको कुराकानीको क्रममा
भन्नुभयो ।

नेपालगञ्जमा वर्षौं देखिनै यो उत्सव मनाउन थालिएको जानकार कुमालको भनाई थियो । “विजयादशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर रावण आकृतिलाई तिरले ढलिने गरिन्छ भनी जानकार कुम्हालको भनाई थियणे ।

दशहारा (दसैँं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको संघार गरेको प्रतीकात्मक रहे झैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ ।

सत्ययुगमा देवीले दैत्य संघार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमी कै दिन संघार गरेको विश्वासमा बाँकेमा पनि रावण वध उत्सवको परम्परा चलेको संस्कृतिविदका जानकारहरु बताउँछन् ।

मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ दश इन्द्रीयको दासत्वलाई हराउने पर्वको नामले प्रसिद्धि पाएको हिन्दु लोक परम्पराका ज्ञातासमेत रहेका कुमालले भन्नुभयो ।

बडादसैँ नाउँ पनि ‘ दश इन्द्रीय’ बाट बनेको उहांको भनाइ रहेको थियो । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको कुमालले जानकार कुम्हालको भनाई रहेको थियो । “हामी देवी उपासनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा रहेको भन्नुभयो ।

]]>
https://deepjwala.com.np/%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%97%e0%a4%b0%e0%a4%be/feed/ 0
यदि तपाईँ श्रावणमा पहिलो पटक सोमबार उपवास राख्दै हुनुहुन्छ भने भूलवस पनि नगर्नुहोस यी गल्तीहरु https://deepjwala.com.np/%e0%a4%af%e0%a4%a6%e0%a4%bf-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%81-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b/ https://deepjwala.com.np/%e0%a4%af%e0%a4%a6%e0%a4%bf-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%81-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b/#respond Mon, 14 Jul 2025 15:23:30 +0000 https://deepjwala.com.np/?p=196

यदि तपाईं पहिलो पटक सावन सोमबारको व्रत राख्न जाँदै हुनुहुन्छ भने आफ्नो खानामा विशेष ध्यान दिनुहोस् किनभने उपवासको समयमा केही गल्ती गर्नाले तपाईंलाई पनि हानि हुन सक्छ।

श्रावण मासको व्रतमा के खाने र के नखाने

श्रावण वा सावनको महिना भगवान शिवसँग सम्बन्धित छ र यस महिनामा भक्तहरूले आफ्नो पूजाका लागि व्रत राख्छन्। श्रावण महिनामा भक्तहरूले सोमबार व्रत राख्छन्। केही मानिसहरूले यो व्रत राख्दा निर्जला व्रत राख्छन् भने केही मानिसहरूलाई केही सात्विक र विशेष प्रकारका खाद्य पदार्थहरू खान अनुमति दिइन्छ।

यद्यपि, धेरै पटक मानिसहरूले उपवासको समयमा त्यस्ता चीजहरू पनि खान्छन्, जसले उनीहरूको स्वास्थ्य बिग्रन्छ साथै, उपवासको समयमा कमजोरी, एसिडिटी र टाउको दुख्ने जस्ता समस्याहरू पनि बढ्छ। यी सबै समस्याहरूबाट बच्न, तपाईंले उपवासको समयमा आफ्नो आहारमा विशेष ध्यान दिनु पर्छ।

श्रावण महिनामा उपवास गर्दा ध्यान दिनुपर्ने कुराहरु

जब तपाईं दिनभर भोकै रहेपछि उपवास समाप्त गर्नुहुन्छ, तपाईं सौंफ र अजवाइनको पानी पिउन सक्नुहुन्छ। यी दुवै मसलाले पाचन सुधार गर्न र एसिडिटी, डाइरिया र फोका जस्ता समस्याहरूबाट छुटकारा दिलाउन काम गर्छन्।

धेरै मीठो नखाउनुहोस्

उपवासको समयमा, मानिसहरूले खीर, हलवा र अन्य मीठो चीजहरू ठूलो मात्रामा खान्छन्। तर त्यसो गर्नाले तपाईँलाई अभिभूत महसुस गराउन सक्छ। साथै, धेरै चिनी खानाले उच्च रक्तचाप निम्त्याउन सक्छ।

धेरै मसलायुक्त खाना नखाउनुहोस्

उपवासको समयमा खानामा तेल र मसलाहरू कम प्रयोग गर्नुहोस् । किनभने मसलायुक्त खाना खानाले तपाईँलाई अपचन वा कब्जको जस्ता रोगहरु हुन सक्छ।

कम भुनेको खाना खानुहोस्

उपवासको समयमा धेरै तला वा मसलायुक्त खाना खानाले तपाईँलाई पेटमा असहज र भारी महसुस गराउन सक्छ। तसर्थ, उपवासको समयमा पुरी, साबुदाना वडा वा मीठो आलु फ्राइज जस्ता भारी र तला वस्तुहरू खानबाट जोगिनु होस्।

फलफुल र तरकारीहरु ध्यान दिएर खानु पर्दछ

श्रावण महिनामा खानाको विशेष महत्त्व हुन्छ। यद्यपि, वर्षाको दिनमा फलफुल र तरकारीहरू सावधानीका साथ खानुपर्छ। धेरै फलफुल र तरकारीहरू खानबाट जोगिनु पर्दछ त्यसैगरी, धनियाँ, काकडी र अन्य तरकारीहरू राम्ररी पखालेर सफा गर्नुहोस् किनभने यसमा कीराहरू हुन सक्छन्।

]]>
https://deepjwala.com.np/%e0%a4%af%e0%a4%a6%e0%a4%bf-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%81-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b/feed/ 0
ताजिया सेलाएर आइतवार गरियो मोहर्रमको समापन https://deepjwala.com.np/%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%b5%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a4%bf/ https://deepjwala.com.np/%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%b5%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a4%bf/#respond Sun, 06 Jul 2025 15:37:24 +0000 https://deepjwala.com.np/?p=132 हिन्दू तथा मुस्लिम दुवैले मनाई मोहर्रम

नेपालगञ्ज ः इस्लाम धर्मावलम्बीको पवित्र पर्व मोहर्रम आइतबार ताजिया सेलाएर सम्पन्न गरिएको छ ।

दस दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वको आइतवार अन्तिम दिन रहेको थियो

दस दिनसम्म निरन्तर रातभरी विभिन्न जुलुस, मातम र मिलान गरेर मनाइएको सो पर्वको अन्तिम दिन आइतवार विभिन्न स्थानबाट ताजियाका साथ निस्कने जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गर्ने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताए ।

अध्यष हलवाईले ताजिया विसर्जन जुलुसमा सबै धर्म सम्पदायका सर्वसाधारणको सहभागिता रहेको थियो ।

यसअघि मोहर्रमको नवौं दिन शनिबार राति ताजिया घर घरमा राखेर झिलिमिली पारी बजारलाई नै सिँगारिएको थियो । रातभरि स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए । सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर रातभरि ताजियाको दर्शन र सहरको झिलिमिली अवलोकन गरेका थिए ।

इराकको कर्बलामा शहीद भएका इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदका नातिहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा इस्लाम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । उनीहरुकै शहादतको सम्झनामा अरबी क्यालेण्डर अनुसार मोहर्रम महिनाको पहिलो दसदिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा रहेको छ ।

कागज र काठबाट बनाइएका ताजियालाई नौ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरि जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पूरा भएपछि ताजिया राख्ने गरिन्छ । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रुपमा स्थापित भइ सकेको छ ।

यसैबीच मोहर्रम पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद घर्तीमगरले मोहरर्रम पर्वलाई सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी र सशस्त्र प्रहरीका गरेर करिब पाँचसय सुरक्षाकर्मी परिचालन गरि ड्रोनबाट निगरानी बढाइएको जानकारी दिए ।

सो क्रममा संवेदनशील स्थलहरुको पहिचान गरी ती ठाउँहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै ड्रोनबाट निगरानी भइ रहेको प्रहरीले जनाउदै ‘‘मोहरर्रम पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन नेपालगञ्जमा करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको तथा ‘‘साँघुरो गल्ली र जनघनत्व भएको ठाउँमा ड्रोनबाट निगरानी गरिएको प्रहरी उपरिक्षक घर्तिमगरको भनाई रहेको थियो ।

]]>
https://deepjwala.com.np/%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%b5%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a4%bf/feed/ 0
नेपालगञ्जमा ताजिया राखी मोहर्रम पर्व मनाइदै https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%80/ https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%80/#respond Sat, 05 Jul 2025 15:46:44 +0000 https://deepjwala.com.np/?p=122

नेपालगञ्ज – नेपालगञ्जमा मुस्लिम समुदायले मोहर्रम पर्वको शनिवार ९औं दिन विशेष श्रद्धा र सम्मानका साथ मनाउदै छन।

हजरत इमाम हुसैन र उनका अनुयायीहरूको बलिदान सम्झिँदै विभिन्न स्थानहरूमा ताजिया राखिदै छ।

शहरका विभिन्न क्षेत्रहरूमा शनिवार रात्रि ताजिया राखी फातिया नियाज़ गरी मोहर्रम पर्व को ९ औ दिन मनाउने चलन छ ।

शान्तिपूर्ण रूपमा मनाइएको यो पर्वमा सुरक्षाका लागि प्रहरी प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएका छन ।

स्थानीय मुस्लिम समुदायका अगुवा मो.हारून ले मोहर्रमको ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी दिँदै समाजमा शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने कार्य भइ रहेको बताए ।

मोहर्रमको १०औं दिन अर्थात ‘आशुरा’का लागि तयारीहरू पनि तीव्र गतिमा गरिएको मो.हारुनले बताए ।

]]>
https://deepjwala.com.np/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%80/feed/ 0