अपराध – Deep Jwala https://deepjwala.com.np Local News Sat, 31 Jan 2026 15:01:42 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 मृत अवस्थामा लोध फेला https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/#respond Sat, 31 Jan 2026 15:01:39 +0000 https://deepjwala.com.np/?p=285

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित ज्वाला खेलमैदान नजिकै रहेको बागेश्वरी नालामा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

लुम्बिनी प्रदेश अन्तर्गत अ।प्र।बिट भेरी प्राविधिक बाँकेका अनुसार शनिवार माघ १७ गते बिहान करिब ११ः०० बजेको समयमा स्थानीय बासिन्दाले बागेश्वरी नालामा एक व्यक्ति मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचनाको आधारमा अ।प्र।बिट भेरी प्राविधिक बाँकेबाट प्रहरी हवल्दार आतिश खाँको कमाण्डमा ३ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक जिबराज थापा क्षेत्रीको कमाण्डमा घटनास्थल अपराध अनुसन्धान टोलीसहित ५ जनाको टोली पनि घटना स्थलमा पुगेको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा मृतक व्यक्ति नालाभित्र घोप्टो अवस्थामा रहेको र शरीरमा बाहिरी रूपमा देखिने कुनै चोटपटक नरहेको प्रारम्भिक रूपमा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव घटनास्थल मै सुरक्षित अवस्थामा रहेको थियो। घटनास्थल अ।प्र।बिट भेरी प्राविधिक बाँके कार्यालयबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्ने स्थानमा पर्दछ। घटनास्थललाई तत्काल घेराबन्दी गरी सुरक्षाकर्मीहरूले आवश्यक प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएका थिए ।

प्रहरी निरीक्षक जिबराज थापा क्षेत्रीले घटनास्थलमै प्रारम्भिक विवरण संकलन गर्दै घटनाको सूक्ष्म अध्ययन गरिएको जानकारी दिए। उनका अनुसार शवको अवस्था हेर्दा तत्काल बाहिरी चोटपटक नदेखिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुने जनाउनु कासाथै, घटना शंकास्पद हुन सक्ने भएकाले सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनास्थल अपराध अनुसन्धानटोलीले नालाको आसपासको अवस्था, शवको स्थिती, पानीको बहाव, आसपासका सम्भावित प्रवेश तथा निकास बिन्दुहरूको सूक्ष्म अवलोकन गरिनुका साथै, घटनास्थलको फोटोग्राफी, भिडियो र अन्य आवश्यक प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ।

मृतक बाँके जिल्लाको जानकी गाउँपालिका–३ निवासी अन्दाजी ४० वर्ष उमेरका हिरालाल लोध भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलेसँगै परिवारजन तथा स्थानीय जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराइएको थियो।

परिवारजन घटनास्थलमा पुगेपछि मृतक हिरालाल लोध भएको पुष्टि भएपश्चात मृतक केही समय देखि घरबाट बाहिर रहेको र कसरी उक्त स्थानमा पुगे भन्ने विषयमा परिवारले पनि अनविज्ञता समेत प्रकट गरेका थिए ।

प्रहरीले घटनास्थलको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने भएकाले हालसम्म मृत्युको कारणबारे कुनै निष्कर्षमा प्रहरी पुग्न सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या, दुर्घटना वा अन्य कारण हुन सक्ने सबै सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धान अघि बढाइनुका साथै, मृतकको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू, मोबाइल विवरण लगायतका पक्षहरू पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले बागेश्वरी नालाको आसपास क्षेत्रमा यसअघि पनि विभिन्न आपराधिक तथा शंकास्पद गतिविधि हुने गरेको गुनासो गर्दै उनीहरूले नालाको आसपास क्षेत्र खुला र असुरक्षित भएकाले नियमित गस्ती र निगरानी बढाउनु पर्ने माग समेत गरेका छन्।

घटनापछि स्थानीय प्रशासन र प्रहरी संयन्त्रले क्षेत्रको सुरक्षाबारे थप सतर्कता अपनाउने जनाए ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने र आवश्यक परेमा कानुनी कारबाही अगाडि बढाइने भने।

हाल घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतक हिरालाल लोधको मृत्यु रहस्यमय देखिएको भन्दै प्रहरीले सबै नागरिकलाई कुनै पनि सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता छाएको छ भने मृतकका परिवारजन गहिरो पीडामा परेका छन्। प्रहरी प्रशासनले निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

]]>
https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%a7-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/feed/ 0
भारतीय प्रहरीको इन्काउन्टरमा मारिए नेपाली नागरिक https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/ https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/#respond Tue, 07 Oct 2025 15:00:04 +0000 https://deepjwala.com.np/?p=253

नयांँदिल्ली । हत्या,डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

भारतीय प्रहरीका अनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

दिल्ली स्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको भारतीय संचार माध्यमले जनाएको छ ।

जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनी विरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा.योगेश चन्द्र
पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि जोराको सहभागिता रहेको भारतीय प्रहरीले जनाए ।

चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो ।

गुडगाउँका प्रहरी उपरीक्षक राजेश कुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरीको दावी रहेको छ भने उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो,जहाँ उनी मृत घोषित भएका थिए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका थिए ।

यस अघि टोलीले सेक्टर ४९ चोरीको सम्बन्धमा जोराका सहयोगी युवराज थापालाई पक्राउ गरेको थियो । जोरा सूरत (२०१४),कर्नाटक (२०२२),र गाजियाबाद (२०२२) मा भएका मुद्दाहरूमा पनि जोडिएका
थिए ।

जोराको गिरोहले धनी घरहरूमा काम पाउन नक्कली आधार कार्ड प्रयोग गर्थे । पछि त्यहाँका बासिन्दालाई नशालु पदार्थ दिएर वा बन्धक बनाएर मूल्यवान सामान चोरी गरी नेपाल भाग्ने गरेका थिए ।
घरहरूमा जासुसी र डकैतीका लागि सदस्यहरूलाई घरेलु कामदारको रूपमा राखेर घुसाउने गिरोहका मुख्य षड्यन्त्रकारी जोरा मे २०२४ मा दिल्लीका डाक्टरको हत्यापछि उनकी श्रीमती वर्षा सँगै फरार भएका थिए ।

उनी डा.पौलको हत्याका पनि खोजी सूचीमा थिए । ६३ वर्षीय डाक्टरलाई जांगपुरा एक्सटेन्सन स्थित भान्सामा लुटपाटको क्रममा घाँटी अँठ्याएर मारिएको थियो । यो घटनामा डाक्टरको लामो समय देखिकी घरेलु कामदार बसन्ती समेत संलग्न रहेकी थिइन्, जसले डाक्टरसँग भएको नगद र गरगहनाको विवरण जोराको टिमसँग बाँडेकी भारतीय संचारमाध्ययबाट जानकारी हुन आएको हो ।

]]>
https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/feed/ 0
मूर्ति बिसर्जनको क्रममा उच्छृखंल कार्य गर्नेहरुमाथि कारवाही गरिने ः जिल्ला प्रहरी कार्यालय https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be/ https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be/#respond Sat, 04 Oct 2025 15:10:30 +0000 https://deepjwala.com.np/?p=244 नेपालगन्ज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगञ्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ ।

शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तिहरुलाई छानविन गरि कानुन बमोजिम कडा कारवाही गरिने सहमती भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार भएको सर्वपक्षिय छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुन बमोजिम कारवाही गर्ने र कारवाही प्रक्रियालाई सबैले सहयोग गर्ने, आपसी झै–झगडा,रिस–रागलाई हटाई धार्मिक सदभाव कायम गरि कुनै किसिमको उच्छृखंल क्रियाकलाप नगर्ने यदि कसैले त्यस्तो गरेमा तत्काल कारवाही गरिने र जिल्लामा प्रहरी प्रशासनको स्वीकृती विना कुनै पनि कार्य
(नारा,जुलुस,सभा,सम्मेलन, र्याली आदि) गर्न नपाउने निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको भनाई रहेको थियो ।

उहांका अनुसार सामाजिक सञ्जालमा भ्रमपुर्ण सूचना सम्पे्रषण गर्नेलाई निगरानी गरि साईबर अपराध मार्फत कारवाही गरिने जनाउदै उपरीक्षक जीसीले बैठकले धार्मिक सदभाव कायम गरि कुनै पनि उच्छृखंल क्रियाकलाप नगर्न सम्पुर्ण जिल्लाबासीलाई आग्रह गरेका छन ।

बैठकमा प्रहरी प्रशासन,विभिन्न धार्मिक अगुवा, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

नेपालगञ्जको अवस्था अहिले सामान्य रहेको छ । नगरका जोखिम स्थानहरुमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको उपरीक्षक जीसीले जानकारी दिनुभयो ।

दुर्गा मुर्ति विसर्जनका क्रममा शुक्रबार दुई समुहबीच झडप भएको थियो ।

नेपालगञ्जको पिप्रहवा र फुल्टेक्रा सडक खण्डमा हिन्दु र मुस्लिम विच झडप भएको उपरीक्षक जीसीले जानकारी दिनुभयो ।

दुई समुहविच भएको झडपमा प्रहरी सहित ३० जना घाइते भएको बाँकेका प्रहरी प्रमुख जिसीले बताए । उहांका अनुसार अन्य घाइतेहरु सामान्य उपचार पछि घर फर्किएका छन भने अहिले ४ जनाको नेपालगञ्ज स्थित भेरी अस्पताल र नर्सिङ्गहोममा उपचार भई रहेको जानकारी दिनुभयो ।

केही उच्छृंखल गतिबिधीमा सक्रिय व्यक्तिका कारण झडप भएको बुझिएको छ । विर्सजनका क्रममा एक्कासी भएको घटना लगत्तै परिचालित प्रहरीको टोलीले घटनालाई नियन्त्रणमा लिएका कारणले कुनै पनि मानविय क्षति हुन नपाएको उहांको भनाई रहेको छ ।

प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापनका कारण कुनै पनि अप्रिय घटना भने हुन नपाएको भन्दैै प्रहरीको टोलीले झडपलाई तत्काल नियन्त्रणमा लिएर प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको उपरीक्षक जीसीले जानकारी दिनुभयो ।

]]>
https://deepjwala.com.np/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be/feed/ 0
प्रतिबन्धित भारतीय कुखुरा बरामद https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4%b0/ https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4%b0/#respond Sun, 28 Sep 2025 14:33:56 +0000 https://deepjwala.com.np/?p=226

नेपालगञ्ज ः नेपालगञ्जमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २५ हजार ६०० रुपैयाँ बराबरको ४० वटा ब्रोइलर कुखुरा बरामद गरेको गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज–१५ जमुनाहा गाँउ बस्ने गणेश कवडियाले साइकलमा ल्याएको ब्रोइलर कुखुरा बरामद भएको हो ।

कुखुरा, साइकलसहित कवडियालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

]]>
https://deepjwala.com.np/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4%b0/feed/ 0
नक्कली नोट तथा बनाउने उपकरण सहित एक पक्राउ https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%95/ https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%95/#respond Tue, 15 Jul 2025 14:54:58 +0000 https://deepjwala.com.np/?p=202 नेपालगञ्ज ः बाँकेको कोहलपुरबाट भारी मात्रामा लागु औषध (अफिम) नक्कली नोट र मेसिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अपरेशनमा खटिएको टोलीले कोहलपुर नगरपालिका–११ न्यू रोडबाट मंगलवार बिहान साढे ९ बजे जनगर्जन नेटवर्क प्रालिका ३७ वर्षीय सन्चालक मान बहादुर सहकारीलाई १९ किलो ३२५ ग्राम अफिमसहित पक्राउ गरेको हो ।

लागुऔषधको ठुलो मात्रामा कारोबार भइरहेको विशेष सूचनाका आधारमा सुर्खेत प्रहरीका डीएसपी मोहन जङ्ग बुड थापाको नेतृत्वको नेपालगञ्ज लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कपिलवस्तु स्थित
शिवराज नगरपालिका–९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मान बहादुरलाई उनकै कोठाबाट उक्त परिमाणको अफिमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार मान बहादुरको कोठाबाट अफिमसहित ५१ हजार नेपाली नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन ,एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरिएको बताए ।

केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गर्दा प्रहरीसँगको बयानमा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथी रहेको जानकारी दिए पश्चात् डीएसपी थापाको टोलीले लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले कोहलपुर आएर खानतलासी गर्दा उक्त अफिमसहितका नक्कली नोट लगायतका सामग्री बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

]]>
https://deepjwala.com.np/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%95/feed/ 0