अन्तरास्ट्रिय – Deep Jwala https://deepjwala.com.np Local News Tue, 07 Oct 2025 15:00:05 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 भारतीय प्रहरीको इन्काउन्टरमा मारिए नेपाली नागरिक https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/ https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/#respond Tue, 07 Oct 2025 15:00:04 +0000 https://deepjwala.com.np/?p=253

नयांँदिल्ली । हत्या,डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

भारतीय प्रहरीका अनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

दिल्ली स्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको भारतीय संचार माध्यमले जनाएको छ ।

जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनी विरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा.योगेश चन्द्र
पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि जोराको सहभागिता रहेको भारतीय प्रहरीले जनाए ।

चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो ।

गुडगाउँका प्रहरी उपरीक्षक राजेश कुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरीको दावी रहेको छ भने उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो,जहाँ उनी मृत घोषित भएका थिए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका थिए ।

यस अघि टोलीले सेक्टर ४९ चोरीको सम्बन्धमा जोराका सहयोगी युवराज थापालाई पक्राउ गरेको थियो । जोरा सूरत (२०१४),कर्नाटक (२०२२),र गाजियाबाद (२०२२) मा भएका मुद्दाहरूमा पनि जोडिएका
थिए ।

जोराको गिरोहले धनी घरहरूमा काम पाउन नक्कली आधार कार्ड प्रयोग गर्थे । पछि त्यहाँका बासिन्दालाई नशालु पदार्थ दिएर वा बन्धक बनाएर मूल्यवान सामान चोरी गरी नेपाल भाग्ने गरेका थिए ।
घरहरूमा जासुसी र डकैतीका लागि सदस्यहरूलाई घरेलु कामदारको रूपमा राखेर घुसाउने गिरोहका मुख्य षड्यन्त्रकारी जोरा मे २०२४ मा दिल्लीका डाक्टरको हत्यापछि उनकी श्रीमती वर्षा सँगै फरार भएका थिए ।

उनी डा.पौलको हत्याका पनि खोजी सूचीमा थिए । ६३ वर्षीय डाक्टरलाई जांगपुरा एक्सटेन्सन स्थित भान्सामा लुटपाटको क्रममा घाँटी अँठ्याएर मारिएको थियो । यो घटनामा डाक्टरको लामो समय देखिकी घरेलु कामदार बसन्ती समेत संलग्न रहेकी थिइन्, जसले डाक्टरसँग भएको नगद र गरगहनाको विवरण जोराको टिमसँग बाँडेकी भारतीय संचारमाध्ययबाट जानकारी हुन आएको हो ।

]]>
https://deepjwala.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d/feed/ 0